back
himalayan life

सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

विहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्यावरण र पदमार्गको विकाससँगै अन्य स्थानमा पनि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले भने, ‘निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिनेछ । सुक्लाफाँटा खप्तड, बर्दिया रारा, लुम्बिनी मुक्तिनाथ, सौराहा गोसाईकुण्ड, जनकपुरधाम, कालिन्चोक, कोशीटापु सगरमाथा, पाथीभरा पदयात्रा सञ्चालन गरिने छ।’

यस्तै, उनले हिमाल आरोही र पदयात्रीको सुरक्षा, आकस्मिक उद्धारको व्यवस्था मिलाइने र होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिने पनि बताए ।
उनले भने, ‘त्यस्तै, हिमाल आरोही र पदयात्रीको सुरक्षा, आकस्मिक उद्धारको व्यवस्था मिलाइने छ । होटल तथा रिसोर्टलाई उत्पादन मूलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिइने छ । होटल, मोटल, रेस्टुरेन्ट, जंगलसफारि लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरुको लागि सेवा शूल्कका माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिने छ ।’

आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने भन्दै आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाउने पनि उनको भनाई छ । आन्तरिक हवाइ पूर्वाधार सुधारका लागि ५० करोड विनियोजन गरिएको पनि उनले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...