back

एनएमबि बैंकले उर्जा ऋणपत्र जारी गर्दै

काठमाडौं । एनएमबि बैंकले जेठ १ अर्ब ५० रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ९ गतेदेखि १ हजार अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र विक्रि गर्न लागेको हो । बैंकले ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत ब्याजदरमा २०९२–९३’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

उक्त ऋणपत्र प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

१५ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ४ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन् । इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा–आईआर ए माइनस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्था समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

२०७८ जेठ ३ गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...