इमेलबाटै बैंक खाता नवीकरण गर्न आग्रह, कसरी लिने सेवा हेर्नुहोस् ?
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०७८ जेठ ३ सोमवार
![image image](https://www.corporatebazar.com/wp-content/uploads/2021/05/Nepal_Bankers_Association_-_Copy_KTj5U4BP0C.jpg)
काठमाडौं । नेपाल बैंकर्स संघले इमेलबाटै बैंक खाता नवीकरण गर्न आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गदै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने जनाउँदै सोही अनुरुप गर्न आग्रह गरेको हो ।
उक्त विज्ञप्तिमा निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न कुनै परिस्थितिवस इमेल गर्न नसकिएको अबस्थामा निषेधाज्ञा सकिएको ७ दिन सम्म मुद्दती नवीकरण गर्न सकिने र बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएकोले सोहीबाट आफना समस्याहरु समाधान गर्न र कल सेन्टर सेवा उपलब्ध गराएर सेवा दिन उल्लेख गरिएको छ ।
त्यसैगरी उक्त विज्ञप्तिमा सकेसम्म नगद कारोवार कम गर्न एवं रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी हरु लगायतका कार्यहरु अनलाइनबाटै गर्न आग्रह गरेको छ । हाल उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना संक्रमणको दोस्रो लहर उच्च भएकाले निषेधाज्ञा जारी गरिएको छ ।
२०७८ जेठ ३ गते प्रकाशित
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
प्रकाशित समय : ०५:०६ बजे