back

अरुण भ्यालीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन हो । अरुण भ्याली हाइड्रोको हकप्रद सेयरको लागि बैशाख ६ गते देखि बैशाख २६ गतेसम्म आवेदन दिने समय तोकेको भएपनि एक साता समय थप गर्दै जेठ २ गते सम्म पुर्याएको हो । कम्पनीले कोरोना भाइरसको कारण विषम परिस्थिति सिर्जना भएको भन्दै हकप्रदमा आवेदन दिने समय एक साता थप गरेको थियो ।

हाइड्रोले १ः०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते १ दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

२०७८ जेठ २ गते प्रकाशित


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...