सानिमा जनरल इन्स्योरेन्सको एजिएम रोकियो, अब कहिले ?
वि.सं.२०७८ वैशाख ३० बिहीवार
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा स्थगित भएको छ । कोरोना संक्रमण र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको कारण सभा स्थगित गरिएको हो । यसअघि कम्पनीको सभा जेठ ११ गते गर्ने भनिएको थियो ।
२०७८ बैशाख २८ गते सम्म कायम शेयरधनीको सभामा भाग लिन तथा मतदान गर्न पाउन सक्ने अधिकारलाई यथावत राखी अर्को सूचना जारी नभए सम्मको लागी सभा स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित समय : ०५:२७ बजे