back
skip this gaugauma singhadarbar

नेपाल लाइफको नाफामा ८ दशमलव ३६ प्रतिशतको वृद्धी, सबै सूचक सन्तोषजनक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद खुद नाफा ८.३६ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले चैत मसान्तसम्म ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि राम्रो देखिएको छ । कम्पनीको खुद विमा शुल्क ३५.४९ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क १८ अर्ब ४१ करोड ८७ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशतले बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्नीको जगेडा कोष ५८.८८ प्रतिशतले ऋणात्मक रहेर १ अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष २ अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष ३२.२५ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ८१ अर्ब ३७ करोड ६६ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनको दिर्घकालिन क्षेत्रमा लगानी १६.१७ प्रतिशतले बढेर ५० अर्ब ३३ करोड १ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीको कर्जा लगानी आम्दानी ३३।४० प्रतिशतले बढेर ५ अर्ब ४८ करोड ८ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षको यस अवधिमा ११ रुपैयाँ ३४ पैसा रहेकोमा यस बर्ष भने घटेर ९ रुपैयाँ ३८ पैसा रहेको छ । कम्पनीको यस अवधिमा खुद दाबी भुक्तानी ४०.५२ प्रतिशतले बढेर ७ अर्ब २९ करोड ७४ लाख ७४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ अर्ब १९ करोड ३० लाख ५८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

nactional life -asoj
gaugauma singhadarbar

माउन्टेन इनर्जीको लाभांश घोषणा

माउन्टेन इनर्जीको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४६

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४३

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य...

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट...

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:२३

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नबिल बैंकको नाफामा गिरावट

नबिल बैंकको नाफामा गिरावट

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको...