back

एशियन लाइफको नाफा ३९.३१ प्रतिशतले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३९.३१ प्रतिशतले बढेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा १८ करोड २१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा १३ करोड ७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यसरी नै कम्पनीले समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ४८.१० प्रतिशतले बढेको छ । चैत सम्म ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको यो कम्पनीको गत आर्थिक वर्षको समिक्षा अवधिमा ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म कम्पनीको कूल बीमा शुल्क २६.२८ प्रतिशत बढेर २९ अर्ब ४४ करोड ६४ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७२.१३ प्रतिशतले बढेर ७२ करोड २४ लाख ६१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ४१ करोड ९७ लाख १९ हजार रुपैयाँ गरेको थियो ।
यस अवधिमा कम्पनी विभिन्न क्षेत्रमा कर्जा लगानी २९ प्रतिशतले बढेर १ अर्ब ४२ करोड ८२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा विभिन्न क्षेत्रमा कर्जा लगानी १ अर्ब १० करोड ७१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष २६.१७ प्रतिशतले बढेर २५ अर्ब ४२ करोड ८ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २० अर्ब १४ करोड ८० लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ४७.२८ प्रतिशतले बढेर ७३ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ४९ करोड ५९ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

२०७८ वैशाख ३० गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...