back

अर्थतन्त्रको समस्या समाधानका लागि सरकारी अधिकारीहरुसँग प्रधानमन्त्रीको छलफल, छलफलमै राजनीति घुसेको आरोप

अर्थ मन्त्रालयका अधिकारीहरु राष्ट्र बैंकले पैसा छापेर बजारमा धेरै पूँजी प्रवाह गर्नुपर्ने तर्क पनि गरिरहेका छन् । तर यस किसिमको कामले सरकार झनै कमजोर हुने र महँगीको चपेटा अझै बढ्ने अवस्था आउँछ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुई दिन आफू विद्यमान आर्थिक समस्याहरुबाट अत्यन्तै चिन्तित रहेको देखाउने प्रयास गरेका छन् । तर उनको यो प्रदर्शनले समस्या समाधान गर्नेभन्दा उल्टै खराब परिस्थितिको निर्माणमा मार्ग–प्रसस्त गर्ने संभावना बढी रहेको सरकारी अधिकारीहरु नै बताउँछन् ।

प्रधानमन्त्रीले सोमबार सरकारी अधिकारीहरुसँग र मंगलबार राजनीतिक दल तथा निजी क्षेत्रसँग छलफल गरेका छन् । प्रधानमन्त्री स्तरबाट गरिएको यस छलफललाई कतिपयले एक बृहद पहलका रुपमा पनि हेरेका छन् । तर सरोकारवाला मन्त्रालयका अधिकारीहरु यस्तो छलफल राजनीतिक प्रचारबाजीका लागिमात्रै फलदायी हुने बताउँछन् ।

त्यसो त प्रधानमन्त्री स्वयं पनि विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ र उनको नेतृत्वमा बढ्दै गएको विरोधका स्वरहरुप्रति बढी लक्ष्यित देखिएका छन् । उनले निजी क्षेत्रका प्रतिनिधीलाई बोलाएर ‘खराब आर्थिक हालतको बदलामा राजनीतिक लाभ लिन खोजेको’ आरोप लगाए ।

करीब २ वर्षदेखि अर्थतन्त्रमा तरलता, महँगी, आम उपभोगमा कमी र भुक्तानी चक्रमा अवरोधजस्ता समस्या देखिएका छन् । सरकारी ढुकुटी कमजोर बन्दै गएको छ । सार्वजनिक ऋण बढ्दै गएको छ । यसले निजी क्षेत्रमात्रै होइन, सरकारी वित्तमा पनि गम्भिर समस्या देखिन थालेका छन् ।

यसरी चक्रव्यूहमा फस्दै गएको अर्थतन्त्रलाई उकास्न बाह्य स्रोतको ब्यापक उपयोगमा ध्यान दिनुपर्ने भए पनि प्रधानमन्त्रीले त्यसतर्फ नजर लगाउनै सकेका छैनन् । बरु भन्सार विन्दुहरुमा कडाई गर्ने, राजस्व बढाउनेजस्ता खुद्रे तर्क र सीमित ब्यापारीहरुका स्वार्थलाई बढावा दिने प्रयास गरिरहेका छन् ।

भूराजनीतिक परिस्थितिको लाभ लिएर सार्वजनिक पूर्वाधारहरुको निर्माण गर्ने एवं विदेशी निजी क्षेत्रलाई शीघ्र लगानी भित्र्याउन सक्ने क्षेत्रमा खुला दीलले स्वागत गर्नुपर्ने अर्थशास्त्रीहरु बताउँछन् । यसका लागि ठूला परियोजनाहरु अघि बढाउने अहिले प्रक्रियागत अवरोधको सामना गरिरहेका विकास आयोजनाहरुको समस्या तत्काल समाधान गरिदिने बाटो रोज्नु पर्ने उनीहरुको मत छ ।

समस्याको समाधानमा ‘युद्ध कक्ष’ बनाएर खटिनुपर्ने बेला प्रधानमन्त्री भने छलफल र बैठकका नाममा सरकारको विरोधी शक्तिकै प्रतिरोध गर्न तत्पर देखिएका छन् ।

यसले प्रधानमन्त्रीको ध्यान अर्थतन्त्रको वास्तविक समाधान गर्नमा होइन, बढ्दै गएको अराजकतालाई दोष देखाएर आफू चाहीँ ‘पानी माथिको ओभानो’ बन्नमा केन्द्रित देखिएको जानकार बताउँछन् ।

निजी क्षेत्र र कर्मचारी प्रशासनले पनि रुपान्तरणकारी योजनाहरु अघि बढाउन राय दिनुको साटो आआफ्ना स्वार्थका मुद्दा उठाइरहेका छन् । नेपाल उद्योग बाणिज्य महासंघले पनि तिरिसकेको कर फिर्ता गर्ने, नियामकीय कडाईका प्रावधानहरुलाई उल्ट्याउनुपर्ने र वित्तीय अनुसासनमा आँखा चिम्लिनुपर्ने स्वार्थपूर्ण मागहरु अघि सारिरहेको छ ।

गरिब नागरिकलाई थप दोहन गर्ने, राज्यको स्रोत निजी क्षेत्रका सीमित ब्यापारीको हातमा पुर्याउने र सरकारको आयस्रोत सुकाउने प्रपञ्चमा प्रधानमन्त्री पनि लचक बन्दै गएको सरकारसम्बद्ध स्रोतको दाबी छ । स्वयं प्रधानमन्त्रीले पनि यस खाले बैठकमात्रै आयोजना गरेर ठोस काममा ध्यान नदिँदा उनको चाहना राष्ट्रिय समस्याको समाधान गर्नेभन्दा पनि आफ्नो प्रचार गरेर रमाउनेतिर बढी उद्धत भएको देखिएको छ ।

सरकारमा अहिले राजस्व बढ्न नसकेको भनेर एक सूत्रीय दबाब सिर्जना गरिएको छ । तर राजस्व बढ्नमात्रै होइन, अर्थतन्त्रको गतिशीलताका लागि आवस्यक स्रोतको व्यवस्था गर्न सरकारले सकिरहेको छैन ।

अर्थ मन्त्रालयका अधिकारीहरु राष्ट्र बैंकले पैसा छापेर बजारमा धेरै पूँजी प्रवाह गर्नुपर्ने तर्क पनि गरिरहेका छन् । तर यस किसिमको कामले सरकार झनै कमजोर हुने र महँगीको चपेटा अझै बढ्ने अवस्था आउँछ ।

हाम्रै छिमेकी चीनले अफ्रीका र ल्याटिन अमेरिकासम्म पुगेर ठूलो परिमाणमा लगानी गरिरहेका बेला नेपालमा भने उसको कुनै विशिष्ट परियोजनामा लगानी हुन सकेको छैन । संसारमा सबैभन्दा ठूलो सञ्चित सम्पत्ती बोकेर बसेको चीनलाई राजनीतिक स्वार्थमा लगानी गर्नै रोकिएको छ ।

छिमेकी भारतले सम्झौता गरेर लिएका कतिपय ठूला पूर्वाधार परियोजनाहरु अझैसम्म अघि बढ्न सकेका छैनन् । अघि बढेका आयोजनाहरु पनि विभिन्न कारणले रोकिएका छन् । यसले सरकारी र निजी तवरमा पनि निर्माण लगायतका काम रोकिएका छन् । फलस्वरुप निर्माण सामग्रीका उद्योगधन्दा र सिपालु श्रमिकले पनि काम पाएका छैनन् ।

यस्तो बेला आर्थिक गतिविधी चलायमान बनाउन काममा ध्यान दिनुको साटो प्रधानमन्त्री प्रचण्डको प्राथमिकता ‘ठूला गफ हाँक्ने’मै केन्द्रित देखिँदा फेरि पनि समस्याको दिगो समाधान हुन कठीन देखिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...