back
nactional

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क छुट दिने सरकारको निर्णय

काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। आज (बुधबार) बिहान बसेको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी गराइन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाने उनले जानकारी गराइन्।

प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाललगायतको प्रतिनिधित्व रहने उनले बताइन्। बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए।

त्यस्तै बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालका चिकित्सक डा. रवि मल्ललाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिइन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

ई–कमर्स व्यवसायी अनिवार्य रुपमा विभागमा सूचीकृत हुनुपर्ने

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३६

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८३ भदौ २ मंगलवार ११:२५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ...