back

सिटिजन लाइफको नाफामा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचक

२६ वैशाख, काठमाडौं–सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सामान्य नाफा कमाएको छ । यो त्रैमासमा कम्पनीले १४ करोड ५७ लाख ४८ हजार कमाएको छ । जुन, गत आर्थिक वर्षको समिक्षा अवधिमा १४ करोड ३९ लाख २३ हजार रहेको थियो, जुन यो आर्थिक वर्षको तुलनामा १ दशमलव २७ प्रतिशतले कमि हो ।

यस्तै इन्स्योरेन्सले जीवन बीमा कोष १३८.०५ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को चैत सम्मा कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड रुपैयाँ जम्मा गरेको छ, यस्तो कोषमा अघिल्लो वषको समिक्षा अवधिमा एक अर्ब २६ करोड रुपैयाँ संकलन गर्न सकेको थियो ।

कम्पनीका अन्य सूचकहरुमा पनि चमक नै देखिएको छ । जस्तै कम्पनीले कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १०९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा खुद बीमा शुल्क २ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ भने कम्पनीले गत वर्षको समिक्षा अवधिमा एक अर्ब १६ करोड रुपैयाँ मात्रै आर्जन गरेको थियो ।

कम्पनीले हालसम्म ६ अर्ब २ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने २ अर्ब ४८ करोड रुपैयाँ छ ।
यसरी नै प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको दिर्घकालिन कर्जा लगानी ११ प्रतिशतले बढेको देखिन्छ । कम्पनीले दिर्घकालिन क्षेत्रमा तीन अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले समिक्षा अवधिसम्मा ३७ करोड ८५ लाख ५७ हजार दाबी भुक्तानी गरेको छ ।

विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर मात्रै २१ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७६ करोड रुपैयाँ जम्मा भएको छ ।


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...