back

सिटिजन लाइफको नाफामा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचक

nactional life

२६ वैशाख, काठमाडौं–सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सामान्य नाफा कमाएको छ । यो त्रैमासमा कम्पनीले १४ करोड ५७ लाख ४८ हजार कमाएको छ । जुन, गत आर्थिक वर्षको समिक्षा अवधिमा १४ करोड ३९ लाख २३ हजार रहेको थियो, जुन यो आर्थिक वर्षको तुलनामा १ दशमलव २७ प्रतिशतले कमि हो ।

यस्तै इन्स्योरेन्सले जीवन बीमा कोष १३८.०५ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को चैत सम्मा कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड रुपैयाँ जम्मा गरेको छ, यस्तो कोषमा अघिल्लो वषको समिक्षा अवधिमा एक अर्ब २६ करोड रुपैयाँ संकलन गर्न सकेको थियो ।

कम्पनीका अन्य सूचकहरुमा पनि चमक नै देखिएको छ । जस्तै कम्पनीले कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १०९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा खुद बीमा शुल्क २ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ भने कम्पनीले गत वर्षको समिक्षा अवधिमा एक अर्ब १६ करोड रुपैयाँ मात्रै आर्जन गरेको थियो ।

कम्पनीले हालसम्म ६ अर्ब २ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने २ अर्ब ४८ करोड रुपैयाँ छ ।
यसरी नै प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको दिर्घकालिन कर्जा लगानी ११ प्रतिशतले बढेको देखिन्छ । कम्पनीले दिर्घकालिन क्षेत्रमा तीन अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले समिक्षा अवधिसम्मा ३७ करोड ८५ लाख ५७ हजार दाबी भुक्तानी गरेको छ ।

विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर मात्रै २१ करोड ५७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७६ करोड रुपैयाँ जम्मा भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...