back
nactional

चुक्ता पुँजी बढाएको स्वावलम्बन लघुवित्तको नाफामा गिरावट

काठमाडौं । स्वावलम्बन लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा गिरावट आएको छ । कम्पनीको आज सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत वर्षको समिक्षा अवधिको तुलनामा यो वर्षको सोही अवधिमा खुद नाफामा ५२.७९५ ले गिरावट आएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको समिक्षा अवधिमा यस्तो आर्जन ३० करोड २७ लाख ७२ हजार रुपैयाँ गरेको थियो ।

कम्पनीको सञ्चालन नाफामा पनि गिरावट आएको छ । गत वर्ष ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ संचालन नाफा कमाएको यस संस्थाले यो वर्षको समिक्षा अवधिमा १ करोड ७४ लाख ४६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । यता, खराब कर्जा पनि १३.६८ प्रतिशतले बढेर १५.३८ प्रसिशत पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीले चुक्ता पुँजी १५ करोडले बढाएको हो । गत आर्थिक वर्षको समिक्षा अवधि र चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात गत पुसको मसान्तमा ७९ करोड २३ लाख ९९ हजार चुक्ता पुजि रहेको यस कम्पनीले तेस्रो त्रैमासमा ९४ करोड ३० लाख पुर्याएको हो । संस्थाको हालको प्रतिसशेयर आम्दानी पनि ३० रुपैयाँ ७४ पैसाले घटेर २० रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ १३ पैसा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

राष्ट्रिय सूचना दिवस मनाइँदै

राष्ट्रिय सूचना दिवस मनाइँदै

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३९

काठमाडौं । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । ...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२५

काठमाडौं । अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान...