back

बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्छः गभर्नर अधिकारी

nactional life

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको सुझाव संकलनको क्रममा गभर्नर अधिकारीले उद्योगी ब्यवसायी तथा बैंकहरुलाई आगामी दिनमा आधार ब्याजदर अझै बढ्ने अवस्था रहेको बताउनुभयो ।

उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको गभर्नर अधिकारीले बताउनुभयो । उनले बैंकिङ क्षेत्रमा तरलता अभाव भएसँगै माग र आपूर्तिको सिद्धान्त अनुसार बढ्दै गएको उहाँको भनाइ छ ।

अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी मौद्रिक नीति

गभर्नर अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताउनुभयो । गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको उहाँको भनाइ छ । उहाँले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरिएको बताउनुभयो । अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताउनुभयो ।

पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको उहाँको भनाइ छ । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको बताउनुभयो ।

अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको उहाँको भनाइ छ । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उहाँको भनाई छ । उहाँले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताउनुभयो ।

गभर्नर अधिकारीले सरकार,राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको बताउनुभयो ।

मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको उहाँको भनाइ छ ।

गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२-१३ अर्बको रिफाइनान्स,झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताउनुभयो ।

गभर्नर अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंक र बैंकहरुले त्यस्तो नीति नल्याएकाले १० लाख भन्दा बढी पैसा राख्नहुन्न भन्न नमिल्ने बताउनुभयो । गभर्नर अधिकारी बैंकले टिटिआर रिपोर्ट अर्थात बैंकको ग्राहकले एक दिनमा १० लाख पैसा जम्मा ग¥यो भन्नको लागि कारण खुलाउनुपर्ने बताउनुभयो ।

गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा शतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर,अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताउनुभयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...