back

एप्पललाई उछिनो अरामले , बन्यो संसारकै धनी कम्पनी

साउदी अरेबियाको तेल तथा ग्यास उत्पादक ‘अरामको’ अमेरिकी ‘एप्पल’ लाई उछिन्दै संसारकै धनी कम्पनी भएको छ।

दुई वर्षसम्म संसारकै धनी कम्पनीका रूपमा रहेको एप्पललाई अरामकोले उछिनेर उपाधि आफ्नो नाममा पारेको हो।

बिबिसीका अनुसार अहिले लगानीकर्ताहरूले सूचना-प्रविधि कम्पनीहरूबाट आफ्नो सेयर बेचेर कम जोखिम भएका कम्पनीहरूमा लगानी गरिरहेका छन्। संसारभर तेल र ग्यासजन्य पदार्थको माग बढेका बेला लगानीकर्ताहरूको आकर्षण अरामको जस्ता कम्पनीमा देखिएको छ।

एप्पलको सेयर मूल्य खस्किँदै गइरहेको छ। बुधबारको तथ्यांकअनुसार एप्पलको सेयर बजार मूल्य बीस खर्ब ३७ अर्ब अमेरिकी डलर छ।

अरामकोको भने बीस खर्ब ४२ अर्ब डलर पुगेको बिबिसीले लेखेको छ। यसअघि सन् २०२० मा पनि अरामको संसारकै धनी कम्पनी बनेको थियो।

साउदीका शाही परिवारको स्वामित्वमा रहेको अरामको पहिलेदेखि नै धनी कम्पनी मानिन्थ्यो। तर यसले पहिले सार्वजनिक सेयर जारी नगरेकाले एप्पल नै लामो समय धनीको सूचीमा परिरह्यो।

सन् २०१९ मा अरामको सेयर बजारमा आएसँगै यसले एप्पललाई चुनौती दिएको थियो। सेयर बजारमा प्रवेश गर्दा अरामकोले आफ्नो सम्पत्ति बीस खर्ब डलर भएको बताएको थियो।

कोरोना महामारीपछि विश्वका थुप्रै ठूला कम्पनीमा प्रभाव पर्‍यो। एप्पलले भने कोरोनाताका राम्रो व्यापार गरेको थियो। उसको सेयर भाउ उकासिँदै तीस खर्ब डलर सम्पत्ति भएको पहिलो कम्पनी बन्न सफल भएको थियो।

तर पछिल्लो समय एप्पलको बजार मूल्य क्रमशः कम हुँदै गयो। उता तेल र ग्यासजन्य पदार्थको भने बजार एकदमै धेरै बढ्यो। योसँगै अरामको कम्पनीको सम्पत्ति पनि बढेको सिएनएनले लेखेको छ।


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...