back

विदेशी मुद्रा सञ्चिति ३ करोड डलरले बढ्यो: रेमिट्यान्स घट्यो(पूर्णपाठ सहित)

काठमाडौँ । पछिल्लो समय विदेशी मुद्रा संचितिको अवस्थामा केहि सुधार भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार विदेशी मुद्रा संचिति गत चैतको एक महिनाको अवधिमा ३ करोड डलरले थपिएको देखाएको छ ।

यससँगै फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर रहेको विदेशी मुद्राको संचिति चैत मसान्तसम्ममा ९ अर्ब ६१ करोड डलर पुगेको हो । यता चालु खाता घाटाको चाप भने चैतमा अझ थपिएको छ ।

फागुन मसान्तमा ४६२ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता चैत मसान्तसम्मको एक महिनाको अवधिमा करिब ५० अर्ब रुपैयाँले थपिएर ५१२.७१ करोडले घाटामा पुगेको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब २८ करोडले घाटामा रहेको हो ।

फागुन मसान्तमा ७.१४ प्रतिशत रहेको मुद्रास्फीति चैत मसान्तमा ७.२८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नवौं महिनामा पनि रेमिटेन्स घटेको छ । चैतमा रेमिटेन्स भित्रिने दर नेपाली रुपैयामा ०.६ प्रतिशतले र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको छ । फागुनमा पनि यो नेपाली रुपैयाँमा १.७ प्रतिशत र डलरमा ३ प्रतिशतले घटेको थियो ।

यस अवधिमा आयात ३२ प्रतिशतले बढेको छ, जुन वृद्धि फागुनमा ३८.६ प्रतिशत थियो । निर्यात वृद्धि पनि फागुनको ८२.९ प्रतिशतले सुधारबाट ६९ को वृद्धिमा ओर्लिएको छ ।

पूर्णपाठ हेर्नुहोस्।




बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका ३ विधेयक

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका ३ विधेयक

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:४७

काठमाडौँ । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा...

नेपालको व्यापार घाटा बढ्दो : ८ महिनामा निर्यात व्यापार १ खर्ब ५८ अर्ब पुग्यो

नेपालको व्यापार घाटा बढ्दो : ८ महिनामा निर्यात व्यापार १ खर्ब ५८ अर्ब पुग्यो

वि.सं.२०८१ चैत ७ बिहीवार १८:२९

काठमाडौं । पछिल्लो केही महिनादेखि सोयाविन तेल निर्यात ह्वात्तै बढ्दा...

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

वि.सं.२०८१ चैत ६ बुधवार ११:१९

सार्वजनिक ऋण झन्डै २७ खर्ब, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको...