back

अष्ट्रेलियाका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सहजीकरणका लागि अष्ट्रेलियाली राजदूतसमक्ष परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ ।

नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो ।

परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे । ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उनले भने । उनले नेपाल र अष्ट्रेलियाबिचको मैत्रिपूर्ण सम्बन्धलाई झनै मजुबद बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताए । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरे ।

छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरूले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, जलविद्युत विकासमा रहेका अवसर, नेपालमा अष्ट्रेलियाको विश्वविद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिए । यसैगरी नेपालमा सञ्चालित व्यवसायिक तालिमहरुलाई अष्ट्रेलियामा समेत मान्यता गराउनका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्नेमा उनीहरूको जोड छ ।

छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषदका सभापति द्विराज शर्मा, पर्यटन समिति सभापति पम्फा धमला, कृषि परिषद सभापति विकास दुगर, एफडिआई समिति सभापति साइबल घोस र परिसंघको एड्भाइजर्स काउन्सिलका सदस्य डा रामहरि लामिछाने एवं शिक्षा परिषदका सदस्यहरूको उपस्थिति थियो ।
अष्ट्रेलियाली दूतावासको तर्फबाट बरिष्ठ व्यापार तथा लगानी कमिसनर डा मोनिका केन्नेडी, रोशन पल, कन्सुलर ब्रेट गाल्ट स्मिथ र पोलिसी एड्भाइजर प्रिया राजाको उपस्थिति रहेको थियो ।

 

nactional life
Corporatebazar 11 Anniversary

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...