back

अष्ट्रेलियाका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सहजीकरणका लागि अष्ट्रेलियाली राजदूतसमक्ष परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ ।

नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो ।

परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे । ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उनले भने । उनले नेपाल र अष्ट्रेलियाबिचको मैत्रिपूर्ण सम्बन्धलाई झनै मजुबद बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताए । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरे ।

छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरूले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, जलविद्युत विकासमा रहेका अवसर, नेपालमा अष्ट्रेलियाको विश्वविद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिए । यसैगरी नेपालमा सञ्चालित व्यवसायिक तालिमहरुलाई अष्ट्रेलियामा समेत मान्यता गराउनका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्नेमा उनीहरूको जोड छ ।

छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषदका सभापति द्विराज शर्मा, पर्यटन समिति सभापति पम्फा धमला, कृषि परिषद सभापति विकास दुगर, एफडिआई समिति सभापति साइबल घोस र परिसंघको एड्भाइजर्स काउन्सिलका सदस्य डा रामहरि लामिछाने एवं शिक्षा परिषदका सदस्यहरूको उपस्थिति थियो ।
अष्ट्रेलियाली दूतावासको तर्फबाट बरिष्ठ व्यापार तथा लगानी कमिसनर डा मोनिका केन्नेडी, रोशन पल, कन्सुलर ब्रेट गाल्ट स्मिथ र पोलिसी एड्भाइजर प्रिया राजाको उपस्थिति रहेको थियो ।

 


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:२९

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा...

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

वि.सं.२०८१ माघ ४ शुक्रवार ११:३६

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति...