back

सामलिङ्ग पावरको आईपीओ यही साता नेप्सेमा सूचीकरण हुने

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ यही साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।

सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सूचीकरणका लागि नेप्सेमा कागजपत्र पेस भइसकेको छ। ‘नेप्सेले सूचीकरण सम्झौता बोलाउन बाँकी छ’, नेपाल एसबीआई मर्चेन्ट बैंकिङका एक अधिकारीले भने, ‘फाइल पठाएको ३ दिन भइसकेको छ, अब १–२ दिनभित्रै सूचीकरण सम्झौता हुन सक्छ।’

नेप्सेका एक अधिकारीले सामलिङ्ग पावरको आईपीओ सूचीकरणका लागि फाइल आइसकेको बताए। अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ, सम्भवतः १–२ दिनभित्रै सूचीकरण सम्झौता हुन सक्छ।’

यदि नेप्सेमा यो कम्पनीको आईपीओ बुधबारअघि नै नेप्सेमा सूचीकरण भएमा यसै साताबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने सम्भावना छ। तर यदि बिहीबार सूचीकरणमा सम्झौता भएमा आगामी आइतबारबाट मात्रै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

सामलिङ्ग पावरले गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत कात्तिक १६ गते भएको थियो।

सामलिङ पावरको सेयर लगानीकर्ताको डिम्याट खातामा आउन थालेको छ। एसपीसी सिम्बलमा यो कम्पनीको सेयर डिम्याटमा आएको छ।


२४ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

२४ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ लगानी गर्ने...

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

६६ खर्ब ९६ अर्ब पुग्यो वाणिज्य बैंकहरूको सम्पत्ति, कुन बैंकको कति छ सम्पत्ति ? (लिस्टसहित)

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४६

काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ६६ खर्ब पुगेको छ...

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:२१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:१५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा...

नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:०१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक...

सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

वि.सं.२०८१ वैशाख २३ आइतवार ०९:५६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर...