दोहोरो अंकले बढ्यो नेप्से, पौने पाँच अर्बको कारोबार
वि.सं.२०७८ कात्तिक २९ सोमवार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । यो दिन बजारमापक नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पौने पाँच अर्ब पुगेको हो ।
यो दिन नेप्से २६.४४ अंकले बढेर २७१५.३५ बिन्दूमा कायम भएको छ । आज कारोबारमा आएका २२८ स्क्रिप्टको ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार बराबरको कारोबार भएको छ ।
आज नाफा कमाउने टप–१० कम्पनी
यो दिन बोटलर्स नेपाल तराई, मानुषि लघुवित्त वित्तिय संस्था र तेह्रथुमको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । त्यसै गरी क्रमश रुपमा निम्नकम्पनीहरु नाफा प्रतिशतको आधारमा अगाडी आएका छन् ।

प्रकाशित समय : १६:२६ बजे






















