back
Naima

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सक्न अर्थमन्त्रीको ताकेता

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिएका हुन् ।

निर्माणाधीन विमानस्थलको शनिवार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने ‘काम छिटो सकेर उडान संचालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन । निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुप¥यो ।’ उनले थपे ‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि वा बजेट व्यवस्था गर्नुपर्नेछ कि तपाईहरुले भन्नुस् । त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ ।’

आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्नता म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन् । ल्याण्डिङ्ग एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाको गुनासो छ ।

त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ । यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ ।

‘आइकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको हो ।

चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा तिन वटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक विमानहरु पार्किङ्ग गर्न सकिने बनाइएको छ । विमानस्थल निर्माणको लागि वि.सं. २०३२ सालमै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ । निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान संचालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...