back
Naima

काभ्रे र सिन्धुपाल्चोकका ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्धारा प्राविधिक तालिम प्रदान

काठमाडौँ। सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माणकार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

ती कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ई. अभिषेक झाले ओपीसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गरेका थिए। यसका साथै घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा समेत जानकारी तथा तालिम प्रदान गराइएको थियो।

कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वोत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ।

आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न सर्वोत्तम सिमेन्ट उद्योगले नेपालमै पहिलोपटक एक्स–रे डिफ्राक्सन मेसिनको प्रयोग गर्दै आएको छ।

आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वोत्तम सिमेन्टले देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूलठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरुलगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीहरुमा समेत सर्वोत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...