back

राष्ट्रिय वाणिज्य बैंक लि. र सैनिक कल्याणकारी कोष बीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने छ । प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सो मा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरुलाई कर्जा प्रवाह गरिने छ । सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेप समेत उपलब्ध गराउने छ । यस सम्भौता पश्चात नेपाली सेनाका बहालवाला सकलदर्जाहरुको आफ्नै आवासको व्यवस्था भइ सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने हुने विश्वास गरिएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कोषका निर्देशक सहायक रथि सागर के.सी, बरिष्ठ चार्टड एकाउन्टेण्ट, जीवन प्रसाद पौडेल, राष्ट्रिय बिमा संस्थानका कोेष प्रशासक कविप्रसाद पाठक लगायत नेपाली सेनाका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत ६ बुधवार २२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली...

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

वि.सं.२०८१ चैत ६ बुधवार ११:१९

सार्वजनिक ऋण झन्डै २७ खर्ब, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको...

नेपाल राष्ट्र बैंकले गर्‍यो कानूनविपरित जाने ६५ गैरबैंकिङ संस्थालाई कारबाही

नेपाल राष्ट्र बैंकले गर्‍यो कानूनविपरित जाने ६५ गैरबैंकिङ संस्थालाई कारबाही

वि.सं.२०८१ चैत ६ बुधवार ०९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन विपरीत काम गर्ने गैरबैंकिङ...

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...