back
Naima

गृहमन्त्रालयका सहसचिव सहितको अनुगमन टोली कर्णालीमा

काठमाडौँ । गृहमन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ । यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिए ।

मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उनले बताए । गृहले चाडपर्वका समयमा नागरिकलाई सहज आवतजावत तथा किनमेल गर्ने र सुरक्षाको अनुभूति दिलाउने गरी देशैभरि अनुगमन गर्ने कार्ययोजना अनुरुप सहसचिव शाही र उपसचिव दाहाल कर्णाली कार्यक्षेत्र लिएर आएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

“हामीले सुर्खेतमा बिहीबार गृहको टोलीसँगै सरोकारवालासँग बसेर चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायतका सेवालाई सुलभ तथा गुणस्तरीय बनाउन के–कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका छौँ”, “उनले भने, त्यहीअनुसार सरोकारवाला सबैले आ–आफ्नो दायित्वप पूरा गर्नुपर्ने देखिन्छ ।”

सरोकारवालाले चाडपर्वका अवधिमा दैनिक उपभोग्य वस्तुको अत्याधिक मूल्य वृृद्धिसँगै विभिन्न समस्या देखाउँदै यातायात व्यवसायीले यात्रुसँग मनोमानी भाडा असुल्ने र यातायात क्षेत्रमा अझै सिण्डिकेट हट्न नसकेको गुनासो गृहको टोलीलाई गराएका थिए । अनुगमन टोलीले सम्बन्धित निकायको धारणा लिने र कार्यान्वयनमा जोड दिन दशै जिल्लामा अनुगमन गर्ने बताएको थियो । प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न आफूहरु प्रत्यनशील रहेको टोलीले जनाएको छ ।

२०७८ असोज २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...