सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७८ असोज २२ शुक्रवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।
२०७८ असोज २२ गते प्रकाशित
प्रकाशित समय : १३:३० बजे






















