back

नेपाल बजार बिक्री प्रतिनिधी संघ र एनटिपी टुरिजम अफयर्स कलेजबीच सहकार्य

काठमाडौं । नेपाल बजार बिक्री प्रतिनिधी संघले आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धि तथा व्यक्तिगत विकासका लागि एनटिपी टुरिजम अफयर्स कलेजसंग सहकार्य गरेको छ । सम्झौता अनुसार अब नेपाल बजार बिक्री प्रतिनिधी संघका सदस्य र तीनका एकाघरमा आश्रीत पारिवारिक सदस्यहरुले उक्त कलेजमा अध्ययन अध्यापन गरिने शैक्षिक कार्यक्रमहरुमा नियमानुसार भर्ना भई अध्ययन गर्दा बिशेष सहुलियत उपलब्ध गराईने भएको छ ।

सोही अवसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष सुर्यप्रसाद पराजुलीले कलेजसंगको सहकार्यले बिक्री बितरण पेशाकर्मीहरुको व्यक्तिगत विकासमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै, बजारीकरण हाम्रो समाजको पुरानो पेशा भए पनि पेशाकर्मीहरु नै एक किसीमले अदृश्य रुपमा रहेको बजार र बिक्री कर्मलाई प्राज्ञिक सहभागिताले विशिष्टकृत र बैज्ञानिक बनाउंदै लैजानेकलेजका अध्यक्ष दिनेशकुमार कण्ठले बताए ।

झण्डै एक दशकदेखि सञ्चालनमा रहेको यस कलेजका शैक्षिक कार्यक्रमहरु थाईल्याण्डको श्रीपातुम विश्व–विद्यालयसंगको सम्बन्धन तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी त्रिविबाट सम्बन्धित बिषयमा समकक्षताको मान्यता प्राप्त गरेको छ ।

काठमाडौंको डिल्लीबजार स्थीत सञ्चालनमा रहेको यस एनटिपी टुरिजम अफयर्स कलेजले स्नातलक तहमा होटल म्यानेजमेन्ट तथा स्नाकोत्तर तहमा एमबिए शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दछ ।

कलेजले नेपाल नै पहिलो पटक स्ट्राटेजिक मार्केटिंग बिषयमा स्नाकोत्तर तहको व्यापार व्यवस्थापन (एमबिए) शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उच्च शिक्षामा यस्तो किसीमको बिशिष्टकृत अध्ययन अध्यापनले बिभिन्न शैक्षिक तथा सामाजिक पृष्टभुमीबाट बिबिध बस्तु तथा सामाग्रीहरुको बजार तथा बिक्री पेशामा संलग्न पेशाकर्मीहरुको क्षमता अभिबृद्धि हुनुका साथै पेशालाई नै व्यवसायिक र मयार्दित बनाउन मद्दत पुग्ने बताइएको छ ।

२०७८ असोज २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...