back
Naima

आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता घोषित

काठमाडौँ । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका हुन् ।

पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । उनीहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।

अफर अनुसार आइएमईले वहाँहरू वा निजको सिफारिसमा वहाँहरूका निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुनेछैन । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

आइएमई लिमिटेडका बारेमाः
आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

२०७८ असोज १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...