back

तुलसीपुरमा सवैकालागी संपुर्ण डेकोर

तुलसीपुर। पैसाको जोहो भन्दा पनि नाम जुराउन धेरै कुरे युवा व्यवसायी विमल गौतमले । शिक्षा क्षेत्रमा लगानीसहित अध्यापन समेत गर्दै आएका गौतम व्यवसायीहरुको संगतसंगै एउटा पेसा रोजे, शिक्षण पेसालाइ थाति राख्दै । तुलसीपुरको विपिचोकमा घर समेत भाडामा लिएपछि उनले पशलको नाम जुराए संपुर्ण होम डेकोर । त्यहि होम डेकोर आइतवार साइत निकालेर विधिवत रुपमा सन्चालनमा समेत आएको छ ।

पशल खुलेको एघार दिनपछि मात्र विधिवत रुपमा सो पशल सन्चालनमा आएको हो । पशलको उद्घाटन गर्दै तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसेले यो पशलको अर्को शाखा चांडै उद्घाटन गर्नपाउने अवसर मिलोस भन्दै सन्चालकलाइ शुभकामना दिए । पुर्व अध्यक्ष विमल रिजालले पनि त्यस्तै सुभेच्छा प्रकट गरेका थिए । उनले गुणस्तरीय सामान खपतको वानी बसाउन संपुर्ण डेकोरले एउटा आयाम थप्ने उल्लेखगर्दै उपभोक्ताका चाहना अनुसारका सामानहरु उपलव्ध गराउन पनि सन्चालकलाइ आग्रह गरेका थिए ।

शुभारम्भको शुभकामना दिनेहरुमा तुलसीपुर उद्योग वाणिज्यसंघका उपाध्यक्ष मीनराज भण्डारी, ललित शाह, महासचिव विनिल केसी, महिला सदस्य निर्मला भुषाल, सन्दिपन रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव वहादुर सिंह लगायत थिए । उनीहरुले लकडाउनबीच पनि स्थानियस्तरमै स्वरोजगार बन्नकालागी गरिएको व्यवसायीक सुरुआतको प्रशंसा गरेका थिए । अनौपचारीक रुपमा थोरै सहभागीताबीच संपुर्ण होम डेकोरको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

पशल उद्घाटनका क्रममा शो डेकोरका सन्चालक विमल गौतमले आफु सधै उपभोक्ताहरुको चाहना र मागमा केन्द्रित हुने बताउंदै सोधीसोधी र खोजीखोजी उपभोक्ताको चाहना अनुसारका सामान आपुर्तिकालागी कटिवद्ध रहने बताए । ‘गुणस्तरका विषयमा कुनै संझौता हुने छैन, स्वदेशि तथा विदेशि उत्पादनहरु समेत ल्याएर उपभोक्ताको मागलाइ पुरागर्ने छौं’—सन्चालक गौतमले भने । शो होम डेकोरमा गृहिणिदेखि स्कुले वालवालिकाहरुकालागी समेत आवस्यक फर्निचर एवं फर्निसिङ सामाग्रिहरु उपलव्ध छन् । एउटा घरलाइ संपुर्ण रुपले सजावटका सामानहरु उपलव्ध गराइने सन्चालक गौतमले बताएका छन् । घरकालागी चाहिले सवै खाले फर्निचर संगै जुत्ता राख्ने ¥याकदेखि स्तरीय पर्दा, तन्ना, वेडसिट लगायतका सामानहरु त्यहां उपलव्ध छन् ।

 


दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२८

हेटौंडा। बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब...

वाणिज्य विभागको अनुगमन जारी: २० वटा उद्योगहरूको कारोबार रोक्का

वाणिज्य विभागको अनुगमन जारी: २० वटा उद्योगहरूको कारोबार रोक्का

वि.सं.२०८१ चैत २९ शुक्रवार १०:११

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति...

यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ (पूर्णपाठसहित)

यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ (पूर्णपाठसहित)

वि.सं.२०८१ चैत २८ बिहीवार ०९:५३

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा भित्रने रेमिट्यान्स...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

वि.सं.२०८१ चैत १६ शनिवार १७:३९

काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी...