back

तुलसीपुरमा सवैकालागी संपुर्ण डेकोर

तुलसीपुर। पैसाको जोहो भन्दा पनि नाम जुराउन धेरै कुरे युवा व्यवसायी विमल गौतमले । शिक्षा क्षेत्रमा लगानीसहित अध्यापन समेत गर्दै आएका गौतम व्यवसायीहरुको संगतसंगै एउटा पेसा रोजे, शिक्षण पेसालाइ थाति राख्दै । तुलसीपुरको विपिचोकमा घर समेत भाडामा लिएपछि उनले पशलको नाम जुराए संपुर्ण होम डेकोर । त्यहि होम डेकोर आइतवार साइत निकालेर विधिवत रुपमा सन्चालनमा समेत आएको छ ।

पशल खुलेको एघार दिनपछि मात्र विधिवत रुपमा सो पशल सन्चालनमा आएको हो । पशलको उद्घाटन गर्दै तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसेले यो पशलको अर्को शाखा चांडै उद्घाटन गर्नपाउने अवसर मिलोस भन्दै सन्चालकलाइ शुभकामना दिए । पुर्व अध्यक्ष विमल रिजालले पनि त्यस्तै सुभेच्छा प्रकट गरेका थिए । उनले गुणस्तरीय सामान खपतको वानी बसाउन संपुर्ण डेकोरले एउटा आयाम थप्ने उल्लेखगर्दै उपभोक्ताका चाहना अनुसारका सामानहरु उपलव्ध गराउन पनि सन्चालकलाइ आग्रह गरेका थिए ।

शुभारम्भको शुभकामना दिनेहरुमा तुलसीपुर उद्योग वाणिज्यसंघका उपाध्यक्ष मीनराज भण्डारी, ललित शाह, महासचिव विनिल केसी, महिला सदस्य निर्मला भुषाल, सन्दिपन रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव वहादुर सिंह लगायत थिए । उनीहरुले लकडाउनबीच पनि स्थानियस्तरमै स्वरोजगार बन्नकालागी गरिएको व्यवसायीक सुरुआतको प्रशंसा गरेका थिए । अनौपचारीक रुपमा थोरै सहभागीताबीच संपुर्ण होम डेकोरको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

पशल उद्घाटनका क्रममा शो डेकोरका सन्चालक विमल गौतमले आफु सधै उपभोक्ताहरुको चाहना र मागमा केन्द्रित हुने बताउंदै सोधीसोधी र खोजीखोजी उपभोक्ताको चाहना अनुसारका सामान आपुर्तिकालागी कटिवद्ध रहने बताए । ‘गुणस्तरका विषयमा कुनै संझौता हुने छैन, स्वदेशि तथा विदेशि उत्पादनहरु समेत ल्याएर उपभोक्ताको मागलाइ पुरागर्ने छौं’—सन्चालक गौतमले भने । शो होम डेकोरमा गृहिणिदेखि स्कुले वालवालिकाहरुकालागी समेत आवस्यक फर्निचर एवं फर्निसिङ सामाग्रिहरु उपलव्ध छन् । एउटा घरलाइ संपुर्ण रुपले सजावटका सामानहरु उपलव्ध गराइने सन्चालक गौतमले बताएका छन् । घरकालागी चाहिले सवै खाले फर्निचर संगै जुत्ता राख्ने ¥याकदेखि स्तरीय पर्दा, तन्ना, वेडसिट लगायतका सामानहरु त्यहां उपलव्ध छन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...