back
himalayan life

नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरु

काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आयोजनमा शुक्रवारदेखि नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको छ । ३ दिनसम्म चल्ने मेलाको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गरेका छन् ।

मेलाको उद्घाटनमा यादवले महिला उद्यमशीलतामार्फत आफ्नो क्षमता विकास गर्दैगर्दा परिवारदेखि समाज र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत पुगेको बताए । स्थानीय स्रोत साधनको भरपुर उपयोग, स्थानीयस्तरमा रोजगार सिर्जना पनि उत्तिकै सहयोग पुगेको उनले बताए । घरायसी काममै सीमित रहेका महिला अहिले आफ्नै उद्यम हुँदै औद्योगिक प्रतिष्ठानमा पनि सहभागिता बढेको यादवले बताए ।

महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले नेपाली महिला उद्यमीको उत्सव रहेको बताइन् । यो मेला महिला उद्यमी र उनीहरूको उत्पादन राष्ट्रिय तथा विश्व बजारसम्म पुर्याउने सेतु पनि रहेको उनको भनाइ छ । उत्पादनका साथसाथै प्रविधिको उच्चतम प्रयोग गर्दै पहुँच, ब्रान्ड र बजारीकरणमा थप काम र सहकार्य आवश्यक रहेको श्रेष्ठले बताइन् ।

महिलाका उत्पादनलाई वर्षभरी नै किनमेल गर्न सकिने गरि महिला शोरुम तथा स्थायी स्टल पनि उपलब्ध गराउन सरकारसँग आग्रह उनले गरिन् । मेलामा ३०० महिला उद्यमीका स्टलहरू रहेका छन् । रैथाने तथा मौलिक वस्तु तथा उत्पादनहरू मेलामा राखिएका छन् ।

मेलामा महासंघले २ जना महिला उद्यमीलाई सम्मान गरेको छ । मधेश प्रदेश सर्लाहीका महिला उद्यमी निर्मला महतो र महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणालाई प्रदान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...