back

स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा ढिलासुस्ती गर्नुका साथै बिरामीलाई आवश्यक सुविधा दिन आनाकानी गरेको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडाइ गर्ने संकेत दिएको छ ।

बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको, अनावश्यक झन्झट दिने तथा उपचार प्रक्रियामा अवरोध सिर्जना गर्ने अवस्था देखिएको छ । यस्तो प्रवृत्ति रोक्न सबै स्वास्थ्य संस्थालाई जिम्मेवार बन्न बोर्डले आग्रह गरेको छ ।

बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता, बीमितप्रति विभेदपूर्ण व्यवहार तथा आवश्यक औषधि र सेवामा कमी भएको विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत कुनै पनि गतिविधि नगर्न बोर्डले सचेत गराउँदै अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ ।

यदि अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियम उल्लङ्घन भएको पुष्टि भएमा कानुनअनुसार कडा कारबाही गरिने बोर्डले जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

स्मार्ट टेलिकम लिलामी प्रकरण: सीआईबीको एक्सन, एनसेलबाट कागजात कब्जा

स्मार्ट टेलिकम लिलामी प्रकरण: सीआईबीको एक्सन, एनसेलबाट कागजात कब्जा

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:५९

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन...

करेन्ट र लाली चाउचाउ सहित ज्याक न्याक बिस्कुट गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न सरकारको कडा आदेश

करेन्ट र लाली चाउचाउ सहित ज्याक न्याक बिस्कुट गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न सरकारको कडा आदेश

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:०८

काठमाडौं । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:११

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा...

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५१

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...