सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड
वि.सं.२०८२ माघ ११ आइतवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आइतबार दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित समय : १०:५४ बजे






















