back
himalayan life

प्रसारण लाइन र ग्रिड कनेक्शन तयारीसँगै सानी भेरी आयोजना अघि बढ्दै

काठमाडौं । ४४.५२ मेगावाट क्षमताको सानी भेरी जलविद्युत् आयोजनासम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ । आयोजनाले आवश्यक अनुमति, सहमति तथा पूर्वाधार विकासका कामहरू चरणबद्ध रूपमा अगाडि बढाइरहेको विद्युत विकास विभागले जनाएको हो ।

विभागकाअनुसार आयोजनाको प्रसारण लाइन, रुट अलाइनमेन्ट, ग्रिड कनेक्शन सम्झौता लगायतका विषयमा आवश्यक तयारी भइरहेको छ । विद्युत् उत्पादनपछि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोड्नका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । आयोजनाले वातावरणीय तथा सामाजिक पक्षलाई ध्यानमा राख्दै काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

आयोजनाका प्रवद्र्धकले स्थानीय तह, सरोकारवाला निकाय र प्रभावित क्षेत्रका बासिन्दासँग छलफल तथा समन्वयलाई प्राथमिकता दिएको बताएका छन् । निर्माण कार्यका क्रममा आवश्यक मापदण्ड पालना गर्दै समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सानी भेरी जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा योगदान पुग्ने र स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । साथै, ऊर्जा आत्मनिर्भरतातर्फ मुलुकलाई अघि बढाउन यस आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

आयोजनाले गत भदौ दोस्रो साता सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा रहेका बैंकहरूको कन्सोर्टियमबाट ७ अर्ब २० करोड रुपैयाँ बराबरको ऋण लगानी सुनिश्चित गरेको थियो ।

सम्झौताअनुसार कुल लगानीको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउनेछन् भने बाँकी २५ प्रतिशत रकम आयोजनाका प्रवद्र्धकले व्यहोर्नेछन् । लगानी विवरणअनुसार सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ र सनिमा बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । आयोजनाका प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्टले २ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ ।

आयोजनाबाट सुख्खा मौसममा ९८.७२७ गिगावाट–घण्टा र वर्षा मौसममा १८२.३८६ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसरी वार्षिक रूपमा कुल २८१.११३ गिगावाट–घण्टा विद्युत् राष्ट्रिय ग्रिडमा योगदान पुग्नेछ । सानी भेरी जलविद्युत् आयोजनाले रुकुम पूर्व जिल्लाका पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाबाट बग्ने सानी भेरी नदीको पानी उपयोग गर्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ असार १७ बुधवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

वि.सं.२०८३ असार १७ बुधवार १०:४२

काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा...

पेट्रोल र डिजेलको घट्यो मूल्य

पेट्रोल र डिजेलको घट्यो मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:३८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...