back
Naima

बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन् : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका कारण धेरै प्रोजेक्टहरुमा बजेट रोक्का लागेकाले प्रगती कम देखिएको बताएका छन् ।

सोमबार भएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफलमा उनले बजेट रोक्का भएपछि काम सुरु भएका योजनाहरु पनि अगाडि बढ्न नसकेको भन्दै खर्च कम देखिए पनि राम्रै प्रगती मान्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो जति पनि प्रगतीका कुरा आइरहेका छन् त्यसमध्ये दुई वटा कुरा सँधै प्रगतीमा आउने गर्छ । पहिलो त्रैमासिकमा प्रगती सधैँ कम नै हुन्छ । त्यो माथि यसपालि जेनजी आन्दोलनको कारणले धेरै प्रोजेक्टहरु रोक्का भएको छ । रोक्का भइसकेपछि  टेन्डरमा जाँदैन् । काम नै सुरु भएको योजनाहरु पनि अगाडि बढ्ने कुरा भएन, बजेट नै रोक्का अगाडि बढ्ने कुरा भएन् । यसले खर्च केही कम देखिएपनि राम्रै प्रगती भन्नुपर्छ । किनभने पहिलो त्रैमासिकमा रोक्का भएको बजेटलाई माइनस गरेर लिने हो भने प्रतिशत धेरै माथि जान्छ ।’

यस्तै, उनले शहरी विकासको ६१ अर्ब रोक्का भएको भन्दै त्यो घटाएर प्रतिशतमा हेर्ने हो भने २० प्रतिशतभन्दा बढि नै विकास भएको भन्दै रोक्काको कारणले बजेटमा अलिकति समस्या भएको बताए ।

राज्यको लागि सबैभन्दा बढि नाफा नै उर्जा क्षेत्रले गरेको भन्दै घाटा गरायो भन्ने जुन आक्षेप लगाएको छ त्यो सरासर गलत भएको पनि उनको भनाई छ ।

साथै, उनले ठेकेदारहरुले ठेक्का लिएर कामै नगर्ने प्रविधि तीनवटै मन्त्रालय अन्तरगत व्यापक रुपमा रहेको भन्दै उर्जा, सडक, सिंचाई र शहरी विकास अन्तरगत काम नगर्ने अहिलेसम्म ४९ वटा ठेक्का तोडिसकेको बताए ।

उनले भने, ‘धेरै परियोजनाहरुमा प्रोजेक्ट लिने तर ठेक्दारहरुले बिलोमा लिने र कामै नगर्ने प्रवृत्ति व्यापक छ । तीनवटै मन्त्रालयमा यस्तै प्रबृत्ति छ । त्यसैले जस जसले काम गर्दैन् त्यो सबै ठेक्का तोड्नुपर्छ भनेर ठेक्दारको कारणले ढिलो भएको प्राजेक्टहरु हामीले टर्मिनेशनमा लाने भनेर उर्जा, सडक, सिंचाई र शहरी विकासका करिब २६९ वटा प्रोजेक्टको ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढायौं । अहिलेसम्म ४९ वटा ठेक्का हामीले तोडि सकेका छौ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३९

काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च...

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...