back

मन्त्रिपरिषद् बैठक : सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा छन्भने १५ वटा घाटामा छन् ।

काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो ।

गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न, राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थानलाई रणनीतिक सार्वजनिक संस्थानका रुपमा अघि बढाइने भएको हो । त्यसैगरी सबै सार्वजनिक संस्थानलाई कम्पनी मोडलमा लैजाने पनि नीतिमा उल्लेख छ । “सार्वजनिक संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गर्दै सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गरिनेछ”, नीतिमा भनिएको छ । संस्थानहरुको नियमनकारी तथा सञ्चालनसम्बन्धी कार्य अलग रुपमा गर्ने, शेयर स्वामित्वका आधारमा सञ्चालकको प्रतिनिधित्व हुने व्यवस्था गर्नेलगायतका कार्यनीतिहरु पनि अघि सारिएका छन् ।

संस्थानको आर्थिक कारोबारलाई पूर्णतः विद्युतीय बनाउने, नेपाल सरकारको नाममा रहेको शेयर स्वामित्वलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा अभौतिककीकरण गर्ने, संस्थानको उद्देश्य र कार्यक्षेत्रमा स्वार्थको द्वन्द्व नहुनेगरी निजी क्षेत्रको प्रतिनिधित्व गराउनेलगायतका विषयहरु पनि नयाँ नीतिमा राखिएका छन् । संस्थानहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिनेसमेत उल्लेख छ ।

सार्वजनिक संस्थानहरुको पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड तथा कार्यविधि तयार पार्ने, गठन आदेश, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र विभिन्न कानुनद्वारा स्थापना गरिएका सार्वजनिक संस्थानलाई क्रमशः कम्पनी ऐन २०६३ बमोजिम कम्पनीमा परिणत गर्ने प्रक्रिया अघि बढाइने पनि नीतिमा उल्लेख छ ।

पछिल्ला वर्षहरुमा सार्वजनिक संस्थानको प्रतिस्पर्धी र व्यावसायिक क्षमता कमजोर हुनु गएको छभने वित्तीय अवस्था बर्सेनि खस्कँदो छ । सार्वजनिक संस्थान स्थापनाको उद्देश्यबमोजिम गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन र वितरण सहज, सुलभ बनाउने र व्यवसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित यो नीति जारी गरिएको हो ।

हाल कायम ४५ वटा सार्वजनिक संस्थानमध्ये २० वटा सरकारको पूर्ण स्वामित्व र २५ वटा अधिकांश स्वामित्वमा सञ्चालित छन् । हाल छवटा संस्थानले कुनै व्यावसायिक कारोबार गरेका छैनन्भने दुईवटा निष्क्रिय अवस्थामा छन् । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा छन्भने १५ वटा घाटामा छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...