back

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुने ।

यस्तै, उनले सही सूचनाको आजको आवश्यकता भएको पनि बताए । आर्थिक तथा वित्तीय क्षेत्र संवेदनशील भएकाले सही सूचनाका आधारमा समाचार लेख्नुपर्ने पनि उनले बताए ।

‘समाजमा गलत सूचना सम्प्रेषण नगरी सही सूचना सम्प्रेषण गर्नु पनि अहिलेको चुनौती हो,’ उनले भने । उनले सत्य तथ्य सूचनामा आधारित भएर समाचार लेख्नुपर्नेमा सुझाव दिए ।

उनले बैकिङ क्षेत्र संवेदशिल क्षेत्र भएकाले गलत सूचनाको असर छिटो देखिने भन्दै पत्रकारहरूलाई सही सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे । अर्थतन्त्रमा वित्तीय क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको अवस्थामा यो क्षेत्रलाई असर पार्ने सूचनाले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने बताए ।

अहिले आर्थिक पत्रकारितामा फरकपन देखिन थालेको उनले बताए । ‘यस्ता तालिम कार्यक्रमले आर्थिक पत्रकारहरूको क्षमता बढाउने सहयोग पुगेको छ । त्यसले आर्थिक पत्रकारितामा फरकपन आउन थालेको छ,’ उनले भने, ‘यद्यपि, आर्थिक पत्रकारहरूलाई नियमित रूपमा क्षमता अभिवृद्धि गर्न आवश्यक छ । नयाँ नयाँ तथ्याङ्क आइरहेका हुन्छन् । प्रविधि पनि नयाँ नयाँ आइरहेका छन् । त्यसका लागि पत्रकारहरूको नियमित रूपमा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’

अझै पनि कतिपय विषयवस्तु समाचारमा नआउने गरेको उनले बताए । ‘राष्ट्र बैंकले ९० अर्ब रुपियाँ निक्षेप तान्ने भनेर समाचार लेखिन्छ । बिडका क्रममा राष्ट्र बैंकले ७० अर्ब रुपियाँ मात्रै निक्षेप तान्छ । तर, त्यसको अपडेट समाचार भने आउँदैनन्,’ उनले भने, ‘यो उदाहरण मात्रै हो । राष्ट्र बैंकले ल्याउने अन्य विषयका तथ्याङ्कहरूको पनि समाचार देखिन्न ।’ यस्ता किसिमका तालिम कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्ने बताउँदै उनले यसमा राष्ट्र बैंक पनि सहकार्य गर्न तयार रहेको बताए ।


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

वि.सं.२०८२ असार १७ मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

वि.सं.२०८२ असार १७ मंगलवार १६:०७

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका...