back

रैथाने बालीबाट उत्पादित बस्तुको बजारीकरण गर्न साल्ट ट्रेडिङको महत्वपूर्ण योगदान

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पाेरेशन (एसटीसी)ले महत्वपूर्ण योगदान दिएको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पाेरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा एसटिसीले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको पनि उनले बताए । यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपुर्ति श्रृंखलालाई थप व्यवस्थीत गराएको उनको भनाइ छ । यसले मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए । गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ ।

‘आपुर्ति श्रृंखला व्यवस्थीत गर्न यो सँस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिहेका छौं । सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्वपूर्ण व्यवसायिक संस्थाको रुपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपुर्ति श्रृंखलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौं ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...