back

तामाकोसी कटानले देवीटार बजार जोखिममा

‘कतिपयको खेतको चपरी पनि बाँकी छैन, उनीहरूको खेतमा झर्ने बाटो नै बन्द भइसक्यो’

रामेछाप । तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र जोखिममा परेको छ ।
तामाकोसी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्मका भागमा नियमित कटान गर्दै आएको छ ।

नदीले देवीटार फाँटको धेरै खेत कटान गरिसकेको छ । नदी कटानको कारण धेरैको खेत बगर बनाइसकेको स्थानीय शुक्र मगरले बताए । ‘कतिपयको खेतको चपरी पनि बाँकी छैन, उनीहरूको खेतमा झर्ने बाटो नै बन्द भइसक्यो’, उनले भने ।

२०४५ सालदेखि कटान गर्न लागेको तामाकोसी नदीले यस वर्ष निक्कै कटान गरेको स्थानीय बाबुराम पुलामी बताउँछन् । मिल्तीदेखि देवीटारसम्मको क्षेत्रमा नदीले ठुलो क्षति पु¥याएको छ । नदीले २ सय रोपनीभन्दा बढी जग्गा कटान गरिसकेको उनले जानकारी दिए ।

नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन् । सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन् । ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने ।

नदी कटानको कारण देवीटार बजार उच्च जोखिममा परेको छ । बजारको तल्लो क्षेत्रका घरहरू कटानको कारण जोखिममा परेका छन् । ‘यस वर्ष पुलको छेउको एउटा घर त अलिकति खसाल्यो नै, हाम्रा घरहरू पनि उच्च जोखिममा छन्, सिङ्गो बजार नै जोखिममा परेको छ’, स्थानीय महेन्द्र पुरीले भने ।

नदी कटान नियन्त्रणको लागि ठाउँ ठाउँमा पर्खाल लगाउने काम सुरु भएको छ । विगतमा पनि देवीटार फाँटको मुनी कटान गरेको ठाउँमा यस्ता पर्खालहरू लगाउने गरिएको थियो । तर नदीले त्यस्ता पर्खालहरू भत्काउँदै खेत कटान गर्दै गएको बाबुराम पुलामी बताउँछन् । नदी कटान नियन्त्रणको लागि तलदेखि माथिसम्म बलियो तटबन्धन गर्नुपर्ने उनको सुझाव छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

वि.सं.२०८३ साउन २० बुधवार १८:०७

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक...

नेपाल टेलिकमको बक्यौता पौष मसान्तसम्म जरिवाना छुट हुने

नेपाल टेलिकमको बक्यौता पौष मसान्तसम्म जरिवाना छुट हुने

वि.सं.२०८३ साउन २० बुधवार १७:२०

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता महसुल...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

वि.सं.२०८३ साउन २० बुधवार १६:३७

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

वि.सं.२०८३ साउन २० बुधवार १६:३१

काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले...

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ साउन २० बुधवार ११:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २० बुधवार ०९:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...