back

तामाकोसी कटानले देवीटार बजार जोखिममा

‘कतिपयको खेतको चपरी पनि बाँकी छैन, उनीहरूको खेतमा झर्ने बाटो नै बन्द भइसक्यो’

रामेछाप । तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र जोखिममा परेको छ ।
तामाकोसी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्मका भागमा नियमित कटान गर्दै आएको छ ।

नदीले देवीटार फाँटको धेरै खेत कटान गरिसकेको छ । नदी कटानको कारण धेरैको खेत बगर बनाइसकेको स्थानीय शुक्र मगरले बताए । ‘कतिपयको खेतको चपरी पनि बाँकी छैन, उनीहरूको खेतमा झर्ने बाटो नै बन्द भइसक्यो’, उनले भने ।

२०४५ सालदेखि कटान गर्न लागेको तामाकोसी नदीले यस वर्ष निक्कै कटान गरेको स्थानीय बाबुराम पुलामी बताउँछन् । मिल्तीदेखि देवीटारसम्मको क्षेत्रमा नदीले ठुलो क्षति पु¥याएको छ । नदीले २ सय रोपनीभन्दा बढी जग्गा कटान गरिसकेको उनले जानकारी दिए ।

नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन् । सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन् । ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने ।

नदी कटानको कारण देवीटार बजार उच्च जोखिममा परेको छ । बजारको तल्लो क्षेत्रका घरहरू कटानको कारण जोखिममा परेका छन् । ‘यस वर्ष पुलको छेउको एउटा घर त अलिकति खसाल्यो नै, हाम्रा घरहरू पनि उच्च जोखिममा छन्, सिङ्गो बजार नै जोखिममा परेको छ’, स्थानीय महेन्द्र पुरीले भने ।

नदी कटान नियन्त्रणको लागि ठाउँ ठाउँमा पर्खाल लगाउने काम सुरु भएको छ । विगतमा पनि देवीटार फाँटको मुनी कटान गरेको ठाउँमा यस्ता पर्खालहरू लगाउने गरिएको थियो । तर नदीले त्यस्ता पर्खालहरू भत्काउँदै खेत कटान गर्दै गएको बाबुराम पुलामी बताउँछन् । नदी कटान नियन्त्रणको लागि तलदेखि माथिसम्म बलियो तटबन्धन गर्नुपर्ने उनको सुझाव छ ।


यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

वि.सं.२०८२ जेठ ६ मंगलवार २२:५९

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका...

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाफिज र साल्ट ट्रेडिङको संयुक्त आयोजनामा उपभोक्ता सुरक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०९

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ...

सुनको मूल्य स्थिर चाँदीको घट्यो

सुनको मूल्य स्थिर चाँदीको घट्यो

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:०३

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । सोमबारको...

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:४६

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...