back

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

nactional life

चितवन । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।

सिद्धार्थ बाटिका ब्राण्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्राण्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए । “रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ”, उनले भने।

रिमालका अनुसार स्तरोन्नतिपछि होटल चार तारे स्तरीय हुनेछ । हाल कायम रहेको २६ वटा रुम र ५६ वटा बेडबाट ६४ वटा रुम र ९९ बेड संख्या पुग्नेछ । साथै आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रुमको पनि सुविधा थप हुने उनको भनाइ छ ।

“स्तरोन्नतिपछि ४२५ स्वायर फिटको ग्राण्ड डिलक्स रुम पनि निर्माण हुनेछ, जसमा बाथटबलगायतको सुविधा हुनेछ, बालबालिकाका लागि पानीसँग सम्बन्धित खेलका लागि विभिन्न पूर्वाधार निर्माण भैरहेको छ भने मिनि फूटसल मैदान पनि निर्माण भएको छू, उनले भने । त्यसबाहेक नेपाली खाना र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित ८० जना अट्ने क्षमताको त्रिशुली नदिको सुन्दर दृश्य अवलोकन र नदीको वाटर म्युजिकको मजा लिई शान्त वातावरणको डेक रेष्टुरेन्ट पनि सञ्चालन हुनेछ भने ३०० जना क्षमताको सभाहल पनि थप हुँदैछ। हाल रिसोर्टमा १०० जना क्षमताको सभाहल छ ।

रिमालका अनुसार स्तरोन्नतिपछि १०० जना अट्ने अल डे डाइनिङ हुनेछ भने सुन्दर फराकिलो बगैचा, स्वीमिङपुल, छुट्टै खेल मैदान, रिसोर्टभित्रै ग्रोसरी पसल र प्रत्येक शुक्रबार गुरुङ र मगर संस्कृतिको प्रवर्द्धन हुने गरी सांस्कृतिक नृत्यको पनि मजा लिन पाइनेछ । रिमालले पोखरा र बन्दिपुरलगायतका पर्यटकीय गन्तव्यमा बढ्दो पर्यटक, कर्पोरेट कार्यक्रमलगायतलाई लक्षित गरी स्तरोन्नति सुरु गरिएको बताए । यस राजमार्ग हुँदै यात्रा गर्ने ग्राहकका लागी छुट्टै रेस्टुरेन्ट र विद्युतीय गाडी प्रयोगकर्ताका लागि चार्जिङको पनि सुविधा रहेको छ। रिसोर्टमा हाल ६० जनाले रोजगारी पाइरहेका छन् भने स्तरोन्नतिपछि ८५ जनाले रोजगारी पाउनेछन् ।

रिमालका अनुसार सुपर त्रिशुली जलविद्युत् आयोजनाको पनि बाँध रिसोर्ट नजिकै बन्ने भएकाले त्यसपछि यहाँको पर्यटन विकासमा सहयोग पुग्नेमा संस्था विश्वस्त छ । “रिसोर्ट स्तरोन्नतिपछि पोखरा, मनकामना मन्दिर र बन्दिपुर जाने पर्यटकलाई लक्षित गरी प्याकेज निर्माण गरिनेछ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ”, रिमालले भने ।

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्राण्डलगायत सञ्चालनमा छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...