back

वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’, हरेक साता उत्कृष्ट टिकटक बनाउनेलाई नगद पुरस्कार

काठमाडाैं । नेपालकै नम्बर १ चाउचाउ ब्रान्ड वाइवाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ। केवल ५० रुपैयाँ मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको हो।

विगत चार दशकदेखि वाइवाइले नेपालमा मात्र नभई, विश्व बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। उपभोक्ताको बदलिँदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्पहरू बजारमा ल्याउँदै आएको छ।

हालै बजारमा ल्याइएको यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ । यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

वाइ वाइले हालसालै ‘स्पाइसवर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौं। विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौँ। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो,’ कम्पनीका मार्केटिङ प्रमुख श्री कृष्ण श्रेष्ठले बताए ।

वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङ समेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ। यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताहरूको चाहनालाई समेत समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकतालाई मन पराउँछन्।

‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ-कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन्। हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं। हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ,’ सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...