back

राम नवमी र चैते दशैंले मानिसमा उर्जा ल्याउँछ, आनन्द दिन्छ

nactional life

भगवान रामको १ सय ८ पटक नाम उच्चारण गरी, तुलसीको माला जपेर साधनामा समर्पित गर्दा आत्मिक आनन्दको बोध हुन्छ । मानसिक रुपमा रामसँग सात्क्षात्कार हुन्छ भन्ने हाम्रो वैदिक मान्यता छ । त्यसैले राम भनेको मानिस भित्रको मर्यादा, अनुशासन र निष्ठा हो । राम भनेको आनन्द हो ।
पण्डित दिनबन्धु पोखरेल

राम भनेको मर्यादा, अनुशासन र निष्ठा हो
पण्डित दिनबन्धु पोखरेल

राम नवमी र चैते दशैंका बारेमा चर्चा गरिरहँदा वर्षका चारवटा नवरात्रका बारेमा बुझ्नुपर्छ । हाम्रो पूर्वी दर्शनले चार नवरात्रका बारेमा प्रष्ट पारेको छ । एउटा ग्रिष्मकालिन नवरात्र हो । त्यो चाँही आषाढ शुक्ल पक्षको नवरात्रको नौ दिनलाई बुझाउँछ । दोस्रो शरदकालिन नवरात्र हो, जसलाई हामी वडादशै भन्छौं । तेस्रो शिशिरकालिन नवरात्र जसलाई माघ शुक्लपक्ष नवरात्र भन्छौं । चौंथो वसन्तकालिन नवरात्र जुन अहिलेको नवरात्र हो अर्थात चैते दशैंको नवरात्र हो ।

यी चारवटा नवरात्रमा नौं वटा आयामहरु छन् । त्यसमध्ये शक्तिको उपासना महत्वपूर्ण मानिन्छ । र हालको वसन्तकालिन नवरात्र अलि धेरै महत्वपूर्ण पनि छ । वसन्तकालिन नवरात्रको विशेषता भनेको मौसम परिवर्तनसँग जोडिन्छ । यस समयमा नेपाल–भारततिर मौसम पनि परिवर्तन हुन्छ । प्रकृतिमा पनि परिवर्तन हुन्छ । सोही अनुसार प्रकृतिको वहाव र परिवर्तन शरीरमा पनि विद्यमान हुन्छ ।

त्यसले शरीरले उर्जा खोज्छ । त्यो उर्जा र साधना गर्नको लागि नौं वटा दिनमा विशेष साधना गरिन्छ । अर्थात शक्ति उपासना गर्ने दिन पनि हो । यो बेलामा शक्ति उपासना गर्दा वसन्त ऋतुको विशेष भूमिका रहने गर्छ । वर्षको शुभारम्भको ऋतु यो पहिलो भएकाले हामीलाई जीवनभर नै उर्जा प्राप्त हुने भएकाले प्रसन्न हुन्छौं । आनन्दित हुन्छौं, शान्त हुन्छौं । जसले गर्दा हामीलाई वर्षभरी नै काम गर्न सहज हुन्छ । त्यसैले नवरात्रमा साधना गर्नु अत्यन्तै उत्तम छ ।

राम नवमीको चर्चा गर्दा भगवान रामको जन्म दिनसँग जोडिन्छ । रामले नौं को अंक रोज्नु भएको छ, नौं भनेको अखण्ड अंक हो । खण्डित नहुने अंक हो । नौं भनेको सूर्यसँग सम्बन्धित अंक हो । राम भनेको सूर्यवंशी हो । यस्तै नौंको गुणना गर्नुभयो भने ९० सम्म गुणा गर्दै जानुस् त्यो नौं को नौं नै रहन्छ । त्यो कहिले पनि घटबढ हुँदैन । त्यो भनेको सूर्यंको सद्भाव हो ।

राम सूर्यवंशी भएकाले रामले नवमीको दिन रोजेर प्रकट हुनुभएको हो । रामलाई बैद्धिक दर्शनले ‘रमे–रमे मनोरमे’ भनेर पूर्वीय दर्शनले बोलेको छ । त्यो भनेको के हो भने राम भनेको तपाईं भित्रको आनन्द हो । आनन्दको खोजी गर्नका लागि पनि रामको जन्मोउत्सवमा वा राम नवमीमा ध्यान गर्नुपर्छ । साधना गर्नुपर्छ । रामको उपासना गर्दा आनन्दको मार्गमा आफूलाई समर्पित गर्न सकिन्छ । त्यसैले रामको ध्यान गर्नु अत्यन्तै उत्तम मानिन्छ ।

शक्ति र आनन्द दुईवटा चिज हरेक दिन व्यक्तिले खोजिरहेकै हुन्छ । त्यसैले आनन्दको अर्को नाम राम हो । शक्ति र आनन्द प्राप्त गर्नका लागि हरेक दिन व्यक्ति अग्रसर भइरहेको हुन्छ । त्यसैले उपासना गर्नका लागि राम नवरात्र अति उत्तम छ । किनभने यतिबेला शरीर अलिकति कमजोर हुने, ऋतु परिवर्तन हुने भएकाले साधना विधिलाई बढाउन सकियो भने शरीर उत्तेजना पैदा हुन्छ ।

रामको उपासना ठाउँ अनुसार फरक फरक छ । ब्रत बस्ने चलन छ । ब्रत बस्नु भनेको उर्जालाई चिन्नु हो, आफूलाई चिन्नु हो । शरीर त मेशिन हो । खाइरहँदा शरीरको मेसिन विग्रनपनि सक्छ । एकदिन उपवास बस्दा शरीर शान्त हुन्छ र ईश्वरमा मन लाग्छ । रामको ब्रत बस्न खोज्नु भएको छ भने केही नखाइ अर्थात नुन र अन्न नखाइ ब्रत बस्नु होला । ब्रत बसेपछि सामान्य रुपमा दियो, कलश र गणेशको पूँजा गर्ने विधि अपनाउनुपर्छ ।त्यसका अलवा विभिन्न श्लोकहरु, विधिहरु पालना गर्नुपर्छ ।

भगवान रामको १ सय ८ पटक नाम उच्चारण गरी विषेशत तुलसीको माला जपेर रामको साधनामा समर्पित गर्दा आत्मिक आनन्दको बोध र मानसिक रुपमा रामको सात्क्षात्कार हुन्छ भन्ने हाम्रो वैदिक मान्यता छ । त्यसैले राम भनेको मानिस भित्रको मर्यादा, अनुशासन र निष्ठा हो । राम भनेको आनन्द हो । जोकोही व्यक्ति सफल हुन निष्ठा, आनन्द, मर्यादा, अनुशासन, आचर संहिता चाहिन्छ । त्यो रामबाट सिक्नुपर्छ । त्यो सिक्नको लागि पनि रामको उपासना गर्नु असाध्यै राम्रो हुन्छ ।

बडादशैंमा शरदकालिन नवरात्र भएकाले अलिक भिन्नता रहन्छ । विशेषत दानव/महिशासुरलाई बध गरिएको प्रसङगसँग जोडेर हेर्ने गरिएको छ । त्यही अनुसार कर्म पनि गर्छौ । कतिपयले त्यसलाई पशुवलि दिएर पनि कर्म गर्ने गर्छन । चैते दशै चाहीं विशेषत राम र रावणसँग जोडिएको प्रसंग हो । उनीहरुबीचको सम्बन्धको आयाम भएकाले यसमा शालिनता, ध्यान, साधना इत्यादिलाई ख्याल गरिन्छ ।

अझ बसन्त ऋतुसँग पनि जोडिएको र बसन्त ऋतुमा उर्जा साधनालाई बढाउनुपर्ने महिना पनि हो । त्यसैले यस महिनामा साधना गर्दा शरीरलाई राम्रो हुन्छ ।( वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...