नेपाल स्टक एक्स्चेन्जको सीईओमा चुडामणि चापागाईं नियुक्त
वि.सं.२०८१ चैत १९ मंगलवार
काठमाडौ। नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।
झापा दमकका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेको अनुभव छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरको रुपमा काम गर्दै आएका थिए ।
चापागाईंले सानिमा रिलायन्स लाइफमा पाँच वर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिएका थिए । चापागाईं त्यसअघि पाथिभरा विकास बैंक, सनराइज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा काम गरेको अनुभव छ।
चापागाईंले सानिमा रिलायन्स लाइफमा पाँच वर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिएका थिए । चापागाईंत्यसअघि पाथिभरा विकास बैंक, सनराइज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा काम गरेको अनुभव छ।
नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।
प्रकाशित समय : १४:५० बजे






















