back

होटल मर्क्योर काठमाडौँमा ठेट इटालियन स्वाद पस्कन नयाँ रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’

काठमाडौँ । इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौँको सुकेधारा हाइट्समा रहेको पाँच तारे ‘होटल मर्क्योर काठमाडौँ’ले इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सुरु गरेको छ । सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ । परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ ।

रेस्टुरेन्टको वातावरण परम्परागत इटालियन आकर्षणलाई आधुनिक सौन्दर्यसँग संयोजन गर्दै पारिवारिक जमघट, विशेष उत्सव तथा डिनरका लागि उपयुक्त बनाइएको होटलका महाप्रबन्धक विजय नन्मरन एसले बताए ।

नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीहरूका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

व्यवसायी देशबन्धु बस्नेतको कम्पनी दि मेट्रोपोलिटन होटल प्रालिले तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको १०४ वटा कोठा भएको ‘होटल मर्क्योर काठमाडौँ’ युरोपियन हस्पिटालिटी ब्राण्ड मर्क्योरले व्यवस्थापन गरेको हो ।

रोमन यात्री देवता मर्क्युरीबाट प्रेरित मर्क्योर, आवास सुविधा मात्र नभई स्थानीय संस्कृति र अनुभवसहितको आतिथ्य सेवा हो। सन् १९७३ मा फ्रान्समा स्थापना भएको यो ब्रान्डले विश्वव्यापी मापदण्डलाई स्थानीय स्वादसँग मिसाएर उत्कृष्ट आतिथ्य सेव प्रदान गर्दै आएको छ ।

विश्वका ११० भन्दा बढी देशहरूमा ५,७०० भन्दा बढी संरचना भएको अकोर हस्पिटालिटी समूहको सदस्यका रूपमा, म्यक्युरले आतिथ्य क्षेत्रमा गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

अकोर हस्पिटालिटीको मर्क्योर ब्राण्डमा ६० भन्दा बढी देशहरूमा हजारभन्दा बढी होटल सञ्चालनमा छन् । पाहुनाहरूलाई ‘फिल लोकल एभ्रीव्हेर’ को अनुभव प्रदान गर्नु मर्क्योरको मुख्य बिषेशता हो ।

nactional life
Corporatebazar 11 Anniversary

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५१

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४७

काठमाडौं । भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा...

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:४५

काठमाडौं । नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ ।...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:२५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...