back

यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटी लोप हुँदै

मुगु । जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाईने बहुमूल्य जडीबुटी पछिल्ला बर्षहरुमा घट्दै गएको छ ।

कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भण्डार प्रदेश भए पनि मुगु लगायत हुम्ला ,कालीकोट,जुम्ला, डोल्फा,जाजरकोट,रुकुम लगायतका जिल्लाहरुका अहिले पाइने जडीबुटीको संख्या घट्दै गएको हो ।

बनपाखामा पाईने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो,घुच्चीच्याउ,सुगन्धवाल,सेतकचीनी धुपी,वन लसुन,राताच्याउ,कालादान,जिम्बु , अतिस,जटामसी,बिषजरा,लगायतका जडीबुटीहरु ,जलवायु परिवर्तन, आगलागी, प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासी, अवैधरुपमा विकास निमार्णका संरचना निमार्ण गर्नु, फल नपाक्दै जडीबुटी टीप्नु, खुल्ला पशु बस्तु चरीचराउका कारण बहुमुल्य जडीबुटी दिन प्रतिदिन लोप हुँदै गएको हो ।

जडीबुटीहरुको संरक्षणको लागि स्थानिय सरकार र डिभिजन बन कार्यालयले जडीबुटीको संरक्षणमा कुनै पनि पहल गरेको छैन । डिभिजन बन कार्यालय मुगुले बन पाखाहरुमा जडीबुटीको पछिल्लो उत्पादनको अवस्था कस्तो छ भन्ने नबुझेर जडिबुटी संकलनको लागि अनुमति मात्र दिने गरेको छ ।

परापूर्वकालदेखि वन क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको छ ।
बिगतका बर्षहरुमा घर छेउचाउमा बिभिन्न प्रकारका जडिबुटी पाईने गरेका थिए अहिले घर देखी १ दिन हिडेर गए पछि मात्र जडिबुटी पाईने छाँयानाथ रारा नगरपालिका १४ बामका रत्न बढुवालले बताए ।

नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइन्छन् भने मुगुबाट मात्र प्रत्येक बर्ष २४ देखि ३० प्रकारका जडीबुटीहरुको कारोवार हुने गरेको देखिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...