back

सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा

काठमाडौँ । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरू पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो। उनले ढुवानी साधनहरूले भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले एप विकसित गरिएको जानकारी दिए।

फुँयालले भने, “हाल ट्रक वा अन्य गाडीहरूले सामान ढुवानीका लागि ट्रान्सपोर्ट कम्पनीहरूमा गएर कुरिरहनुपर्ने अवस्था छ। त्यस्तै, कम्पनी वा सप्लायर्सले ट्रान्सपोर्टरलाई सामान लोडिङ गर्न अनुरोध गर्दा पनि सहज रूपमा उपलब्ध हुन सक्दैनन्। यी समस्याहरू हटाउन एप ल्याइएको हो।”

अब ‘टिम भरिया’ एपमार्फत कम्पनी वा सप्लायर्सले पठाउनुपर्ने सामानको विवरण प्रविष्ट गर्न सक्नेछन्। राइडरहरूले उक्त विवरण हेरेर भाडा स्वीकार गर्न वा आवश्यक परेमा समायोजन गर्न सक्नेछन्।

एपमा तीन प्रकारका साइनअप विकल्पहरू छन् – ‘आई एम ड्राइभर’, ‘आई एम कार्गो’, र ‘आई एम ट्रान्सपोटर’। साथै, एपमा डोमेस्टिक र लङ रुट गरी दुई फरक क्याटेगोरीमा गाडीहरू उपलब्ध छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १८ सोमवार ११:१६

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

वि.सं.२०८३ साउन १७ आइतवार २१:५५

काठमाडौँ । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...