back

विवादमा दरबारमार्गको ग्रेनाइट योजना : तर यात्रुले दिए बालेनलाई धन्यवाद

ग्रेनाइट राखेपछि त्यहाँको व्यापार व्यवसाय समेत बढ्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा विवाद भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरु एवम अभियन्ताहरुले समेत खुलेरै विरोध जनाइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दरबारमार्गको फुटपाथमा बिछ्याइ रहेको ग्रेनाइटको विषयलाई लिएर शहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ पश्चिमा आधुनिकताबाट उपत्यका ‘विशिष्ट’ बन्नै सक्दैन भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

उनले लेखेका थिए, ‘काठमाडौं उपत्यकामा नेवाः संस्कृति र सभ्यताको पुनर्जागरण अत्यावश्यक छ । यो शहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ । पश्चिमा आधुनिकताबाट यो उपत्यका ‘विशिष्ट’ बन्नै सक्दैन।’

यतिबेला मेयर बालेन शाहको चुनाव अगाडिको अन्तरवार्तामा बोलेको पूरानो भिडियो पनि भाइरल भइहरेको छ । जसका कारणले पनि उक्त विषय झन आलोचित बन्दै गइरहेको छ ।

जसमा उनले भनेका छन्, ‘तपाईंले यी कुरा नबुझिकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । त्यतिकै केही गरिदियो, मोर्डन देखिन्छ भनेर बबाल खालको टाइल लाइदिम्, यहाँनेर मार्बल लाइदिम् भनेर भएन नि त । मार्बल किन लगाइँदैछ भन्दा यो चिसो ठाउँ हो । मार्बलमा टेक्दाखेरि खुट्टा ठिहिरिन्छ, तपाईं हिंड्दै सक्नुहुन्न । इट्टा त त्यति चिसो हुँदैन नि त ईंट्टामा तपाईं खाली खुट्टा नै हिंड्नुभयो भने पनि त्यतिसारो चिसो हुँदैन । काठमाडौं भनेको चिसो ठाउँ हो नि त । अब टुरिजम् बढाउनलाई न्यूरोडमा जानुहुन्छ । कुनै सिसा र एसीपी लगाएको छ, के लगाएको छ । त्यहाँनेर इट्टा र काठ बाहिर एक्स्पोज हुनेगरी भक्तपुरको जस्तो त्यो भएको भए त त्यहाँ गएपछि फर्कन मन लाग्दैन थियो नि । अहिले त कतिखेर काम सकौं र न्यूरोडबाट फर्किम जस्तो हुन्छ नि । त्यहाँनेर हाम्रो कल्चर नै प्रिजर्भ भएन नि त ।’

हो उनको यीनै अभिव्यक्तिको समर्थन जनाउँदै केहीले काठमाडौंको सांस्कृतिक संरक्षणको हिसाबले पनि ग्रेनाइटको प्रयोग उपयुक्त नभएको विचार राखिरहेका छन् भने केही व्यक्तिले चुनाव अगाडि मेयर शाहले गरेको नेवाःसंस्कृतिको संरक्षणको कुरालाई बिर्सिएर आधुनिक प्रविधिमा गएको टिकाटिप्पणी गरिरहेका छन् ।

नेवाः संस्कृति मासिएको छैन  

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरले नेवाःशैलीलाई नै ध्यानमा राखेर काठमाडौंमा धेरैजसो स्थानहरुमा काम गरिरहेको भन्दै ठाउँ अनुसारको विकास अनुभूति हुनुपर्छ भन्ने सोचले दरबारमार्ग जस्तो पर्यटकीय स्थललाई आकर्षित बनाउन ग्रेनाइट बिछ्याइएको बताए ।

पुराना संरचनाहरु नेवाःशैलीका भएपनि कतिपय नयाँ बनेका संरचनाहरुमा भने अहिलेको आवश्यकता अनुसार विकास हुनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘हामीले नेवाःशैलीलाई नै ध्यान नदिएको भन्ने होइन् । ठाउँ अनुसारको विकास अनुभूति हुनुपर्छ । वसन्तपुरमा अहिले ढुङ्गा बिछ्याइरहेको छ । त्यहाँ टायल मार्बल बिछ्याइएको भए हामीले नेवाःशैलीलाई विस्थापित गर्यो भन्ने हुन्थ्यो । हामीले धेरै ठाउँ नेवाःशैली आउने गरी कामहरु त गरिरहेका छौं । त्यसैले जुन ठाउँमा जे कुराको आवश्यकता पर्छ त्यही अनुसारको व्यवस्थापन गर्यौ भने त्यसले राम्रो गर्छ । दरबार स्क्वायर पुरानो शैलीका नै हुन्छन्, नेवाःनै हुन्छन् । तर नयाँ बनेको संरचनाहरुमा चाँही कतिपय चीजहरु अहिलेको आवश्यकता अनुसार विकास हुन्छन् ।’

त्यस्तै, कतिपयले वर्षामा चिप्लिने समस्या हुँदा यात्रुको सुरक्षाका हिसाबले ग्रेनाइट उपयुक्त सामग्री होइन पनि भनेका छन् । तर पानीकै कारणले मात्र चिप्लिने सम्भावना नरहेको उनको दाबी छ । चिप्लिने मात्र डरले यो ग्रेनाईट राख्न हुँदैन् भन्ने मत राख्न नमिल्ने प्रवक्ता मानन्धर बताउँछन् ।

‘हामीले पुराना शैलीका विकासहरुको अनुभव गरिसकेका छौं । ग्रेनाइटको कुरा गर्दा घर, मलहरुमा चाँही अनुभव गरेका छौं । सार्वजनिक स्थालमा चाँही यसको कुरा अनुभव गर्न पाएको छैनौं । तर विदेशतिर चाँही यसले सुन्दरता देखाएको छ । दरबारमार्ग जहाँ नयाँ राजदरबार भएकाले त्यहाँको व्यवसायलाई मध्यनजर गर्दै लगाइएको हो । त्यहाँ ब्राण्डेड पसलहरु छ, महंगा रेस्टुरेन्ट, नयाँ परिकारको खाना पाउने ठाउँहरु छन्, त्यसैल सबैको सहजका लागि निर्माण गरिएको हो,’उनले भने, ‘ठाउँलाई हेरेर विदेशी र स्वेदशीलाई मनमोहक बनाउन ग्रेनाइट बिछ्याइएको छ । अहिले नयाँ बनाइएको बाथरुममा सबै ठाउँमा अहिले मार्बल राखेको हुन्छ । चिप्लिन्छ चिप्लिन्न त तर सफा गरिएन भने, अनेक कुरा जम्मा भयो भने समस्या आउला । डरले ग्रेनाइट नराख्ने भन्न मिल्दैँन् ।’

त्यस्तै, उनले अपाङ्गमैत्रीलाई कतिको ध्यान दिनु भएको छ भन्ने प्रश्नमा भने, ‘अलि सतर्कता अपनाउनुपर्यो । पक्कैपनि ह्विलचियरहरु पनि मजाले लान मिल्छ । अरु भन्दा थोरै चिप्लो खालको हुन्छ तर हिँडाइमा ध्यान दियो भने खासै चिप्लँदैन् ।’

ग्रेनाइट राखेपछि त्यहाँको व्यापार व्यवसाय समेत बढ्ने उनको दाबी छ ।

‘पार्किङ हटाएर व्यवसाय चौपट भएको भन्ने होइन् । अब ग्रेनाइट राखेपछि त्यहाँ व्यापार बढ्छ । सबैजनालाई हिड्न मन लाग्छ । गएपछि खान मन लाग्छ । किन्न मन लाग्छ,’उनले भने

दरबारमार्गमा ग्रेनाइट बिछ्याउँदा धेरै नै विवाद आएको भन्दै हाललाई अरु कुनै ठाउँमा बिछ्याउने योजना नरहेको पनि उनले बताए ।

त्यस्तै, उनले पाँच करोड १४ लाखको बजेटमा १८७७ वर्ग मिटर स्क्वायर फिट र फुटपाथको लम्बाई आठ सय मिटर रहेको पनि जानकारी दिए ।

पैदल यात्रुले साटे खुशी

तर यता स्थानीय व्यवसायी एवम पैदल यात्रु भने सन्तुष्ट नै रहेको बताउँछन् । ‘मेयर बालेन आफैं एक प्राविधिक मान्छे भएको हुनाले चिप्लिने नचिप्लिने कुरा सोचेर नै गरेको विश्वास छ,’यात्रु अनुप खरेलले भने । आफूले पनि ग्रेनाइट बिछ्याइएको ठाउँमा हिड्दा चिप्लिने जस्तो अनुभव नगरेको उनी बताउँछन् ।

उनले भने, ‘विरोध भन्ने कुरा आई नै हाल्छ, आफ्नो काम गर्दै गर्नुपर्छ । म बालेनको पूरा साथमा छु । बालेन आफैं एउटा प्राविधिक मान्छे भएको हुनाले चिप्लिने नचिप्लिने कुरा उहाँले सोचेर नै गर्नु भएको होला । यति धेरै पैसा खर्च भइसकेपछि राम्रो तरिकाले नै बनाउने सोच गर्नु भएको होला तर मैले हेर्दा चिप्लिन्छ जस्तो लाग्दैँन् ।’

यस्तै, पैदल यात्रु राधिका रिजालले पनि ग्रेनाइट बिछ्याएर मेयर शाहले एकदमै राम्रो काम गरेको भन्दै धन्यावद दिइन् ।

उनले भनिन्, ‘बालेनलाई धेरै धन्यवाद भन्न चाहन्छु । उहाँले एकदमै राम्रो काम गर्नु भएको छ । उहाँ जस्तै अरुले पनि यसरी काम गर्ने हो भने अत्ति नै राम्रो हुन्छ । पानी परेको बेला चिप्लो हुन्छ कि हुदैँन् थाहा छैन् । भन्नको लागि त नचिप्लिने नै भनेको छ । बालेनले यस्ता धेरै काम गर्नु भएको छ त्यसमा धन्यवाद दिन चाहान्छु ।’

अर्की यात्रु ज्योति थेवेका अनुसार दरबारमार्गमा ग्रेटाइट बिछ्याउने काम एकदमै राम्रो भएको प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘बालेन मलाई मनपर्ने मेयर हुन् । उहाँले कामहरु पनि राम्रो नै गर्नु भएको छ । यहाँ गरिएको काम एकदमै राम्रो छ । विवाद गर्नलाई विवाद झिकिएको हुनसक्छ । कोही कोही मान्छेको विचार नै त्यस्तै हुन्छ । तर विस्तारै सबैले बुझ्नु हुन्छ होला । पानी पर्दा केही चिप्लो हुनसक्छ हुदैँन भन्ने होईन् ।’

nactional life
Corporatebazar 11 Anniversary

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...