back

माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ हुने

काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासंगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ ।

सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।

क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने बताए ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र बिधुत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाई लगायतका प्रस्ताबहरु समेत आब्हान समेत गरेको छ ।

नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिनेछ ।

 

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

८०० रुपैयाँले घट्यो सुनको मूल्य

८०० रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख ९ बुधवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ...

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५०

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र...