back

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने

nactional life

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको हो ।

लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।

ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख छ । त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ ।

विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै आगामी माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

वि.सं.२०८३ जेठ १८ सोमवार १७:०३

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको विद्युतीय,...

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५७

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को...

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:३७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२८

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ...

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा...