कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
वि.सं.२०८१ पुस २२ सोमवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा १ हजार ५०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५२ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोलामा १ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:४१ बजे





















