back

ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

काठमाडौं । एसपिजि अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।

सोमबार एक समारोहकाबीच ऐरीलाई ओमोडा इ(फाइभ पुरस्कार हस्तान्तरणसहित एमओयु हस्ताक्षर कार्यक्रम भएको हो।

उक्त साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका समाधानहरूको प्रवर्द्धनमा जोड दिइएको कम्पनीको भनाइ छ। एसपिजि अटोमोबाइल्स प्रा.लिले (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) नेपाल प्रिमियर लिग २०२४ को, ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट, तथा सुदुरपश्चिम रोयल्सका दिपेन्द्र सिंह ऐरिलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ। शारडा ग्रुपका निर्देशकहरू लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रम दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेसेडर नियुक्त भएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुसी व्यक्त गर्दै भने, किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभि यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ। इनोभेसन  र फ्युचरिस्टिक टेक्नोलोजिमा अग्रस्थानमा रहँदै इभि बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आन हुन पाउँदा म अत्यन्त उत्साहित छु ।समारोहमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा, प्रबन्ध निर्देश सन्दीप कुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजि अटोमोबाइल्सका अन्य सदस्यहरू, नेप क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू लगायतको उपस्थिती रहेको थियो ।

एनपिएलको इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्टु को पुरस्कार स्वरूप ओमोडा इ(फाइभको साँचो हस्तान्तरण गर्दै एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पुरुष टी ट्वेन्टी अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन्।
आफ्नो कुशलता र पर्फमेन्सम् सदैव उच्चतस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेड नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं।

यस साझेदारीसँग ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्ने तथा खेलक्षेत्रको समग्र विकास योगदान पुयाउने लक्ष्य राखेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...