back

कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको छ  : गृहमन्त्री लेखक

पाल्पा । गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना रहेको बताएका छन् ।

बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताए ।

उनले भने,‘जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ । कर्मचारीको अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन । यो सरकारको पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हो । यो त्यसैले बनेको हो । ’ प्रधानमन्त्री केपी शर्माले सहजरूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिनुभएको उनको भनाइ छ ।

पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभइ अनुसन्धान गर्नका लागि ठाउँ–ठाउँ घुमाइएको गृहमन्त्री लेखकले बताए । ‘जतिसुकै ठूलो मान्छे भए पनि अनुसन्धान हुन्छ । सबैमाथि अनुसन्धान हुन्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेको छ । त्यहीँ अनुसार अनुसन्धान भइरहेको छ’

उनले राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेको इतिहास केलाउँदै गृहमन्त्री लेखकले दिगो शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताए । कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्माविश्वास बढेको संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने गृहकार्यमा सरकारले लागिपरेको उनको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...