सरकारको अस्थिर नीति कै कारण अर्थतन्त्रमा भयावह अबस्था आउन सक्छ : अध्यक्ष ढकाल
वि.सं.२०८१ मंसिर ३० आइतवार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अस्थिर नीतिहरु परिवर्तन नगरेको खण्डमा अर्थतन्त्रमा भयावह अबस्था आउन सक्ने बताएका छन् ।
आइतबार नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
ढकालले भने, ‘व्यबसायिको मनोबल अझै माथि उठ्न सकेको छैन। सरकारको अस्थिर नीति परिर्वतन हुनुपर्छ । नीति परिर्वतन नगरेको खण्डमा अर्थतन्त्रमा भयावह अबस्था आउने अबस्था छ’ । अटो क्षेत्रले राजस्वमा ठूलो भुमिका खेलेको ढकालले बताए ।
उनले भने ‘आर्थिक गतिविधि खुम्चिएको छ । कडा डिसिजनमा कुनै बेला लिनु पर्छ । भएका चिजलाई निर्यात गरेन भने पछि त्यो चिज निर्यात गर्न गाह्रो हुन्छ । समयमा नै सरकारले नीतिमा सुधार ल्याउनुपर्छ।’
उनले भने , ‘बजेट आएका कुरा कार्यन्वयनमा हुन सकेन । सरकारको प्रोत्साहन गरेको खण्डमा निजि क्षेत्रले अर्थतन्त्रमा ठुलो भुमिका खेल्न सक्छ ।’ अटोले बैंक र बीमाको व्यवसायमा समेत ठूलो भुमिका खेलेको उनको दाबि छ ।
‘भन्सारमा व्यवसायले नराम्रो ब्यवहार हुने गरेको छ।सबै हातेमालो गरेरे अघि बढ्नु पर्छ । अर्थतन्त्र लयमा ल्याउनको लागि सबैले भुमिका खेल्नु पर्ने अध्यक्ष ढकालको भनाइ छ ।’
प्रकाशित समय : १४:२१ बजे





















