back

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले शनिबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालिमाटीमा आज पाकेको फर्सी, स्कुससहित केही तरकारीको मूल्य बढेको छ भने बोडी लगायतका कतिपय तरकारीको मूल्य घटेको छ ।

कालिमाटीमा हिजोसम्म किलोको ३५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य आज ८५ रुपैयाँ पुगेको छ । त्यसैगरी हिजो प्रतिकिलो १७ रुपैयाँ रहेको स्कुसको मूल्य आज बढेर २७ रुपैयाँ पुगेको छ ।

कालीमाटीमा आज रातो आलु ७२, सेतो आलु ६५, लोकल गाँजर १३५, तराईको बन्दा ४५, स्थानीय काउली ७८, सेतो मुला ३५, लाम्चो भन्टा ६५, तने बोडी १०५, लौका ६५, तराईको परबल १०५ रुपैयाँ प्रतिकिलो छ ।

हिजो १४५ रुपैयाँमा किनबेच भएको तने बोडीको मूल्य घटेर आज १०५ रुपैयाँमा झरेको छ । कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ । स्कुस किलोको २७ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य किलोकै ११ रुपैयाँ छ ।

त्यसैगरी पाकेको फर्सी ८५, हरियो फर्सी ५५, भिन्डी ११५, स्कुस २७, रायोको साग ३२, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली १३५ रुपैयाँ प्रतिकिलो छ । थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...