घट्यो सुन चाँदिको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर १६ आइतवार
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदिको मूल्य घटेको छ । कारोबार हुने साताको पहिलो दिन आइताबार छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:४९ बजे





















